समाचार

नेकपा एस धुलिखेल नगरकाे एकदिने प्रशिक्षण सम्पन्न

पुस ७ शनिबार ,२०८०
काभ्रेपलान्चोक । नेकपा( एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीको एक दिने आधारभूत पार्टी प्रशिक्षण सम्पन्न भएको छ। आज धुलिखेलकाे शैक्षिक तालिम केन्दमा प्रशिक्षण संचालन भएको थियो ।

धुलिखेल नगरकमिटीले आयाेजना गरेको प्रशिक्षणमा माक्सवादी दर्शन, नेपालकाे कम्न्युष्ट आन्दोलन , पार्टी संगठन संचालन , पार्टी र जनता विचकाे सम्बन्ध विषयमा फरक फरक प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियो । नगर कमिटीले नगर सदस्य , वडा कमिटी सदस्य लगायत पार्टीमा आस्था राख्ने नेता कार्यकर्तालाई प्रशिक्षीत गरेकाे हो ।

उक्त प्रशिक्षणमा नेपालकाे कम्न्युष्ट आन्दोलन र वर्तमान राजनितीक अबस्थाकाे विषयमा पार्टी केन्द्रीय सचिव राम कुमारी झाँक्रीले, माक्सवादी दर्शनकाे विषयमा पार्टी केन्द्रीय स्कुल विभाग सचिव अशेष घिमिरेेले प्रस्ट पार्नु भएको थियो भने पार्टी संगठन संचालनकाे विषयमा जिल्ला पार्टी सचिव गाेकुल गौतम र पार्टी र जनता विचकाे सम्बन्ध विषयमा पार्टी जिल्ला सह सचिव यसु लामाले प्रशिक्षण दिनु भएको थियो ।

धुलिखेल नगरबाट सबै वडाका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल , जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाँई , केन्द्रीय परिषद सदस्य  दिपक कुमार गौतम लगायत नेताहरुकाे उपस्थित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *