समाचार

ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा सहित एक जना पक्राउ

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ सानो सफाई बस्ने ५६ बर्षिय राम राई उन्सत्तरी (६९) केजी गाँजा सहित पक्राउ परेका छन् । हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट सो परीमाणको गाँजा सहित पक्राउ गरेको हो । राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकका आधारमा उनको घरमा रित पूर्वक खानतलासी गर्दा घर भित्र संचय गरी राखेको एकाउन्न(५१) केजी तयारी गाँजा फेला पारी बरामद गरिएको हो भने उनैले वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा अठार(१८) केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेका राम राई लाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखीएको छ भने राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *