समाचार
गायक तथा संगीतकार विक्रम राईको निधन

फागुन १७ शनिबार
काठमाडौं । चर्चित युवा गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ। अचानक हृदयघात भएपछि शुक्रबार राति उनलाई बागबजारस्थित मोडल अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकार थिए। उनका ‘तिमीले बाटो फे-र्यौ अरे’ जस्ता थुप्रै गीतहरू लोकप्रिय छन्।
