समाचार
नो अब्जेक्सन लेटर लिने बढे, नेपालमा किन पढ्दैनन उच्च शिक्षा ?
फागुन ९, काठमाण्डौ । सरकारले मुलुकलाई समृद्धिको दिशामा लग्ने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिने क्रम बढेको छ । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या दोब्बर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा दैनिक साढे दुई सयको हाराहारीमा विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।
