माघ ९ बुधबार ,२०८१
काठमाडौ । वेद ,पुराण ,रामायण र शास्त्रहरुमा भएको कथा बाचन गर्ने गुरु तथा पंण्डितहरुले कथाबाचन प्रमाणपत्र(लाइसेन्स) लिएर कथा बाचन गर्नु पर्ने माग उठेकाे छ। हिन्दु जागरण नेपालकाे, पहलमा नेपाललाई कर्मक्षेत्र मानेर धार्मिक कथा बाचन गरिरहेका बाचकहरुले निश्चित विधीकाे पालन गरि लाइसेन्स लिएर कथा बाचनकाे मार्गमा लाग्न अनुराेध गरिएकाे हो ।
हाल देश भरी ७ सय देखि ८ सयकाे संङ्ख्यामा कथा बाचक (पंण्डित) हरु रहेकाे अनुमान गरिएको छ। सातवटा प्रदेश मध्य बागमती प्रदेशमा २/३ सयकाे हाराहारीमा व्यासाचार्यहरु रहेकाे हुन सक्ने र काेशी प्रदेशमा यसकाे सङ्ख्या अझ बढी हुनसक्ने हिन्दु जागरण नेपालका अध्यक्ष राम कृष्ण उपाध्यायले टुकी नेटवर्कसँगकाे कुराकानीमा बताउनु भयो । अन्य प्रदेशमा साेचे जस्तो कथा बाचककाे मात्रा नभएको उहाँको गुनासाे छ।
उहाँका अनुसार `राष्ट्रिय कथाव्यास समाज´ ले देश भरका बाचकहरुलाई संगठित गर्ने अभियानमा लागेकाे छ। यो संस्थाले छ वटा प्रदेशमा प्रादेशिक भेला गरि प्रदेश स्तरीय समिति चयन गरिसकेकाे छ। कथाव्यासहरुलाई संगठित गर्ने ,तिनकाे पहिचान गर्ने , क्षमता र बाचन कलामा वृद्धि, विकास गर्ने, कथा बाचकका हकहित र संरक्षणकाे निम्ति राज्यकाे निकायमा पहल गर्ने कार्य राष्ट्रिय कथाव्यास समाजले गर्ने छ।´बागमती प्रदेशमा वरदान थपलियाकाे अध्यक्ष्ातामा प्रदेश स्तरीय समिति बनेकाे छ भने एउटा प्रदेशमा आगामी फाल्गुन महिना भरमा सम्मेलन हुने बताईएकाे छ।
राष्ट्रिय कथाव्यास समाजका अध्यक्ष कुबेर सुवेदीका अनुसार, कथाबाचकहरु दिन प्रतिदिन असुरक्षित हुदै गएकाे, नेपाली धर्म ,संस्कृति ,पुराण ,वेद माथि अनाबश्यक टीका टिप्पणी हुने र बाचकहरु प्रती नकारात्मक आक्षेप लगाउने क्रम बढेकोले बाचकहरु एकीकृत हुनु पर्ने समय आएको हो ।
कथा बाचक ,गुरु ,पंण्डित भनेका समाज सुधारक हुन। उनिहरु संस्कृत साहित्य पढे- लेखेका विद्वान वर्गमा पर्छन् । उनिहरुले समाजमा धार्मिक सन्देश मार्फत जागरण ल्याउन मद्त गरेका हुन्छन् । समाजलाई गलत बाटाेमा हिड्नबाट जाेगाउने काम व्यासाचार्यहरुले गरेका हुन्छन ,त्याे कुरा राज्यले बुझेकाे छैन । राज्यले कथाबाचककाे सम्मान र संरक्षण गर्न नसक्नु दुखद विषय हो । भगवानकाे अमृत रुपि वाणीहरु सुनाएर नराम्रो लतमा लागेकाे मानिसलाई याेगी र ध्यानी बनाउन पनि उनिहरुले प्रत्यक्ष- अप्रत्यक्ष याेगदान पुर्याएकाे तर्फ कसैकाे ध्यान नगएको हिन्दु जागरण नेपालका अध्यक्ष उपाध्यायकाे गुनासाे छ।
राज्यले समाजका विद्वान तथा धर्म, संस्कृति ,परम्परा र शास्त्र आदीमा पाेख्त विज्ञ वर्गलाई चिन्न नसकेर भुल गरिरहेकाे जानकारहरु बताउँछन् । हिन्दु धर्ममा बढदै गरेको चौतर्फी आक्रमण र पश्चिममाकरणले गर्दा अब धर्म रक्षार्थ पनि संगठनकाे विकल्प नरहेको व्यास समाज बागमती प्रदेशका सदस्य पंण्डित अमृत पराजुलीकाे धारणा छ।
आत्मासम्मान र राज्यबाट पनि उचित सम्मान पाउनु पर्ने माग गर्दै कथाव्यास समाजले ,कथाबाचककाे बाचन शैली विकास गर्न प्रशिक्षण कक्षा संचालन गर्ने संस्थाका एक सदस्यले बताउनु भयो । समाजले विविध प्रशिक्षणहरु गर्ने र कथा बाचक प्रमाणपत्र दिएर आधिकारिकता प्रदान गर्ने बाटो खाेजिरहेकाे छ। कथाबाचक समाजले बाचकहरुले संस्थामा आबद्धता जनाइदिन अब्हान गरेको छ। साथै प्रमाणपत्रलाई पनि अनिवार्य गर्न खाेजिएकाे अध्यक्ष सुवेदीको भनाइ रहेको छ।
कथाव्यास समाजले कथाव्यास क्षेत्र, धार्मिक क्षेत्र र सामाजिक क्षेत्रमा उन्नयनकाे निम्ति याेगदान गर्ने छ।संस्थाले आगामी दिनमा कथा बाचकहरुकाे हितमा आवाज उठाउने,धार्मिक र सामाजिक क्षेत्रमा सुधार उन्मुख भूमिका निर्वाह गर्ने रामकृष्ण उपाध्यायले विश्वास व्यक्त गर्नु भएको छ।


