कथाब्यास समाजकाे बागमती प्रदेश सम्मेलन,अध्यक्ष्ातामा वरदान थपलिया

+
-

माघ ८ मंगलबार ,२०८१
काठमाडौ । कथाव्यास समाज बागमती प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ। केही समय अधि सम्पन्न भएको सम्मेलनले दुई वर्षे कार्यकालका निम्ति बागमती प्रादेशिक समिती चयन गरेको थियो ।

उक्त सम्मेलनले वरदान थपलियाकाे अध्यक्ष्ातामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ। उपाध्यक्षमा पुरसाेत्तम अधिकारी, सचिव सनातन रिजाल, सहसचिव अन्जन ढुङ्गेल ,काेषाध्यक्ष विजय सिग्देल रहनु भएको छ। सदस्यहरुमा अमृत पराजुली, दिवाकर वाग्ले, जगन्नाथ पाण्डे, शंकर गड्तौला, शंकर सापकोटा सर्वसहमत चयन हुनु भएको थियो ।

कथाव्यास समाजले कथाव्यास क्षेत्र, धार्मिक क्षेत्र र सामाजिक क्षेत्रमा उन्नयनकाे निम्ति याेगदान गर्ने छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा कथा बाचकहरुकाे हितमा आवाज उठाउने र धार्मिक र सामाजिक क्षेत्रमा सुधार उन्मुख भूमिका निर्वाह गर्ने ब्यासाचार्य रामकृष्ण उपाध्यायले विश्वास व्यक्त गर्नु भएको छ।