माघ,६ आइतबार ,२०८१
मकवानपुर। नेकपा( एकीकृत समाजवादी)कि नेतृ,पुर्व मन्त्री तथा पाेलिटव्युराे सदस्य रामकुमारी झाक्रिले जिल्लाको रक्सिराङ गाउँपालिका स्थित चेपाङ बस्तिका विपन्न तथा घरबार- बिहिन वृद्ध, वृद्धा परिवारलाई आवास हस्तान्तरण गर्नु भएको छ। युवा संघ नेपालका स्थाई कमिटि सदस्य तथा सामाजिक अभियान्ता रेखा लोप्चनको पहलमा जयराम प्रजालाई घर तथा शौचालय निर्माण गरिएको थियो ।
जयरामकाे १ सय बर्षका छन् भने उनकी श्रीमतीकाे उमेर ९६ वर्ष रहेको छ। उनिहरुका सन्तान छैनन्। सताव्दि पुरुष उनीहरु टहरामा दिनचर्या बिताउदै आएका थिए। अमेरिकी निवासी कर्ण गुरुकाे सहयोगमा प्रजा परिवारलाई करिब ७ लाख लागत बराबरको घर निर्माणमा युवासंघ नेपालकाे विषेश पहल रहेको केन्द्रीय सचिव भेषराज शाहले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।
आवास हस्तान्तरण कार्यक्रममा रामकुमारी झाक्री, राजाराम स्याङ्ताङ, स्थानिय पार्टीका नेताहरू र युवा संघ नेपालका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मानवीय सेवालाई ध्यानमा राखेर पबित्र कार्य गरेकाेमा नेतृ झाक्रीले युवासंघ टिमलाई विषेश धन्यवाद दिनु भएको थियो ।
घर र शौचालय निर्माण गरिदिएकाेमा वृद्ध प्रजाले खुशी व्यक्त गर्नु भएको छ।

