नेपाली काङ्ग्रेस भुम्लुकाे १०० दिन अभियानमा ८० जना पार्टी प्रबेश, माघ १५ गते समापन हुने

+
-

माघ३ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । नेपाली काङ्ग्रेस भुम्लुकाे १ सय दिन अभियान माघ १५ गते समापन हुने भएको छ। गत मंसिर २२ गतेबाट सुरु भएको उक्त अभियान समय अबधि भन्दा ३० दिन थप गरिएकाे थियो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जित जंग बस्नेतले १ सय दिन अभियानको शुभारम्भ गर्नु भएको थियो । हाल सम्म ५ वटा वडामा घरदैलो सहित सभा ,भेलाहरु गरिएको नेपाली काङ्ग्रेस भुम्लुले जनाएको छ।

अभियानका सिलसिलामा विभिन्न पार्टीबाट असन्तुष्ट नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रबेश गरेका छन् । अन्य दल छाेडेर नेपाली काङ्ग्रेस प्रबेश गर्नेकाे संङ्ख्या ८० जनाकाे हाराहारीमा रहेको महासमिति सदस्य तथा नेपाली काङ्ग्रेस भुम्लुका सभापति जितेन्द्र मान तामाङले जानकारी दिनु भयो ।

यस अबधिमा पालिका स्तरकाे तरुणदल कार्यसमितिले पुर्णता पाएकाे छ भने वडामा निर्वाचित वडा अध्यक्षहरुले गरेका कामकाे अभिलेखिकरण गरिएको थियो । विकास कार्यकाे समीक्षा गर्नुका साथै पार्टी सुदृढीकरण र भावी याेजनाकाे खाका समेत तयार गरिएको छ। अबकाे १५ दिनमा बाँकी वडाहरुकाे घरदैलो सकेर भेला गरिने प्रतिनिधी सभा २ प्रदेश सभा ´क` का सदस्य भाेजराज उप्रेतीले टुकी नेटवर्कसँग बताउनु भयो ।

माघ १५ गते समापन हुने अभियानकाे कार्यक्रममा अतिथि काे? रहने निश्चित नभइसकेको उप्रेती बताउनु हुन्छ। उहाँका अनुसार जिल्ला भरिकाे १ दिने अभियानकाे समापन भव्य कार्यक्रम सहित हुने जनाइएको छ ।