माघ १ मंगलबार ,२०८१
काठमाडौ । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिकाे १३ अौ राष्ट्रिय अधिवेशन लक्ष्यित बैठक सम्पन्न भएकाे छ। पदाधिकारी बैठक आइतबार सम्पन्न भएको हो । प्रगतिशील लेखक सङ्घकाे जिल्ला र प्रदेश अधिबेशनहरु धमाधम सम्पन्न भइरहेका छन् ।
आगामी फाल्गुन ,चैतकाे समयमा हुने केन्द्रीय अधिबेशनलाई मध्यनजर गर्दै पदाधिकारी बैठकले विभिन्न निर्णहरु गरेको छ।१३ अाै राष्ट्रिय सम्मेलनकाे लागि केन्द्रीय समिति ,राष्ट्रिय परिषद् ,सल्लाहकार र पूर्व अध्यक्षहरु स्वत प्रतिनिधी हुने छन्।
यस्तै प्रदेश समितिबाट न्युनतम १ जना महिला सहित ५ जना, जिल्ला समितिबाट न्युनतम १ जना महिला सहित ३ जना र थप १० जना सदस्य बराबर १ जना प्रतिनिधी छनौट गरि पठाउनु पर्ने छ। प्रत्यक पालिका समितिबाट १ जना महिला सदस्य सहित जम्मा ३ जना प्रतिनिधी सहभागी हुन पाउने छन् । राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिले १ हजार प्रवेश शुल्क बुझ्नुपर्ने छ ।
प्रलेसका सल्लाहकार विष्णु प्रभातले` कृति पुरस्कार अक्षयकोष´मा एकलाख रुपैयाँ दिने घाेषणा गर्नुभएकाे छ र साेही बैठकबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो । कृति पुरस्कारको लागि कृति बुझाउने म्याद माघ मसान्तसम्म थप गरिनुका साथै,कार्यविधि तयारीमा रहेको र कृति छनौटका निम्ति सबै स्रष्टाहरुले ३ प्रति कृति उपलब्ध गराउन पुनः सूचना गरिएको जनाइएको छ।
संस्थाले माघ १९ गते काठमाडौंमा एक विचार गाेष्ठी गर्ने मितितय गरिएको छ। प्रलेस ३० अङ्कलाइ विचार तथा अन्तु विशेषाङ्क काे रुपमा प्रकाशन गर्ने , राष्ट्रिय सम्मेलन सम्बन्धि अन्य सबै तयारी गर्ने ,जिल्ला ,पालिका र प्रदेशको सम्मेलन पूर्व निर्णय अनुसार गर्न समेत सर्कुलर जारी गरिएको पदाधिकारी बैठकमा सहभागी एक सदस्यले जानकारी दिनु भयो ।


