कवि सुशीला विष्टकाे छन्द कविता संग्रह` निम्छरा आवाजहरु´सार्वजनिक

+
-

पुस २९ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । प्रगतीशिल काभ्रेली स्रष्टा सुशीला विष्टकाे दाेस्राे कृति `निम्छरा आवाजहरु´काे लाेकार्पण भएको छ। छन्दाेबद्द रचनाहरु संङग्रही कृति लाेकार्पणकाे संयाेजन प्रगतीशिल लेखक संघ काभ्रेले गरेकाे हो ।

बनेपा नगरपालिकाकाे सभाहलमा आज शनिबार कृति लाेकार्पण गरिएकाे हो । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार राम प्रसाद ज्ञावली लगायतका स्रष्टाहरुले संयुक्तरूपमा कृतिकाे सार्वजनिक गर्नु भएको हो ।

`निम्छरा आवाज´हरु कृति माथि देवी गुरागाँइ र बाबा बस्नेतले समीक्षा गर्नु भएको थियो । नियमित रचना बाचन गरिनुका साथै प्रलेस काभ्रेको जिल्ला अधिवेशन गरिएको थियो । लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, समालोचक, कवि प्रा.डा.रामप्रसाद ज्ञवालीकाे अतिथिय्तामा सम्पन्न भएकाे थियो ।

साे कार्यक्रममा प्रा.डा.नारायण गड्तौला , वाग्मती प्रदेश अध्यक्ष डा .हरिप्रसाद सिलवाल, बनेपा क्याम्पसका प्रमुख पारश काफ्लेकाे सहभागीता रहेको थियो । पुस्तकको समीक्षक साहित्यकार देबु लुइटेल र गीतिभाष्कर मच्छेश्वर सापकोटाले गर्नु भएको थियो ।

जनार्दन दाहाल प्रकाशक रहेको उक्त कृति ७४ पृष्ठकाे रहेको छ। एक सय ५० मूल्यकाे पुस्तकमा ६३ वटा छन्दबद्द कविताहरु छन्