जिल्ला अदालत कास्कीले लामिछानेलाई धरौटी माग गरे पछि नेता बस्नेतकाे असन्तुष्टि

+
-

पुस२५ बिहीबार ,२०८१
काठमाडौ ।नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा पुर्व मन्त्री महेश बस्नेतले कास्की जिल्ला अदालतले रास्वपा सभापति रवी लामिछानेलाई धरौटीमा छाेडेकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार दुबै पक्षका वकिलहरुकाे बहस पछि भएको सुनुवाइमा लामिछानेलाई धरौटीमा छाेडने कास्की अदालतले आदेश गरेको थियो ।

सभापति लामिछाने धरौटीमा रिहा हुने खबर बाहिरीएसँगै सामाजिक संजाल मार्फत बस्नेतले अदालत प्रती असन्तुष्टि जनाएका हुन । उनले लेखेका छन् , ` यस्तो गम्भीर मुद्दामा अदालतले पुर्पक्षका लागि आदेश नगरेको पहिलो पटक हाेला किनभने यो भन्दा कमजोर मुद्दामा अदालतले पुर्पक्षमा पठाएका नजिर छन् ।`

`अब झन सहकारी डुब्ने र पीडितहरु समस्या परिरहने छन् भने पीडकहरु थप उत्साहित हुदै ठगी कार्यमा संलग्न हुने छन् ,´बस्नेतले लेखेका छन् ।