नागार्जुन वाङमय प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित

+
-

पुस २१ आइतबार ,२०८१
काठमाडौ । नेपाली साहित्यीक वाङमयकाे क्षेत्रमा अब्बल बन्दै गरेकाे संस्था नागार्जुन वाङमय प्रतिष्ठानले तीन स्रष्टालाई सम्मान गरेको छ। प्रत्येक महिनाकाे तेस्राे शनिबार हुने नियमित रचना बाचन कार्यक्रममा समालोचक डाक्टर अमर गिरी,प्राध्यापक डाक्टर गाेपिन्द्र पौडेल र डाक्टर शैलेजा पाेखरेललाई सम्मान गरिएको हो ।
प्रतिष्ठानले सम्झिएर सम्मान गरेकाेमा तिनैजना अतिथि स्रष्टाहरुले संस्था प्रती आभार ब्यक्त गर्नु भएको थियो। नागार्जुन वाङमय प्रतिष्ठानले हरेक महिना विषेश कार्यक्रमहरु आयोजना गर्दै आएको छ। त्यसै अन्तर्गत स्रष्टाकाे विशेष सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा सम्मान ग्रहण गर्दैन डाक्टर गिरीले नेपालमा विभिन्न खाले परिवर्तन भए पनि साहित्यमा खासै परिवर्तन नभएको बताउनु भएको थियो । लाेकतन्त्रका लागि सडकमा उभिएका लेखकहरुले २०६२/६३ पछि देखेका सपना साेचे जस्तो पूरा नभएकोमा राज्यको कमजोरी अौल्याउनु भयो ।उहाँले ,`देशमा विकृति -विसंगतिले जरा गाडेका बेला साहित्यकारकाे सिर्जना झन् सशक्त हुनु पर्नेमा जाेड दिनु भयो। बाह्य भूमण्डलीकरणले हस्तक्षेप गरिरहेकाे तिताे यथार्थलाई स्मरण गर्दै डाक्टर गिरीले लेखकले नै कलममा धार लगाउनु पर्ने धारणा राख्नु भयो´। उहाँका अनुसार ,`आजकाे डिजिटल बजारले देखाएको विभेदिकरणलाई स्तरिय पार्ने समय पनि यहि हो। हामी सबै उपभाेगवादकाे सिकार भएका छौ, त्यसबाट सचेत हुनु पर्छ। साहित्य सधै समाजपरक र सौन्दर्यपरक हुनु पर्छ।´ एरिष्टाेटलले प्रयाेग गरेकाे विरेचनकाे प्रयाेग नेपालमा गर्ने समय आएकाे भन्दै डाक्टर गिरीले स्रष्टाहरुलाई सजग गराउनु भएको छ।
प्राध्यापक डाक्टर गाेपिन्द्र पौडेलले नागार्जुन वाङमय प्रतिष्ठाकाे खुलेर प्रशंसा गर्नुका साथै प्रतिष्ठानले गरेका गतिविधिले साहित्यकाे भट्टिमा पाँगाे पकाउन सहयोग गरेकाे भन्दै माटो पाकेर ईटा बन्ने विश्वास गर्नु भयो । साहित्यमा केही सिद्धान्तहरु लागू हुने भन्दै सिद्धान्तको पालना गरेमा उत्कृष्ट रचना तयार गर्न सकिने तर्फ सचेत हुन उहाँको आग्रह थियो । कलात्मक क्षमता ,परिवेशकाे छनाेट र सौन्दर्यात्मक बर्णनले साहित्यकारलाई परिचित गराउन मद्दत गर्ने छ। साहित्यकाे सैद्धान्तिक मार्ग अबलम्वन गर्नुकाे विकल्प नरहेको उहाँको बुझाई छ।

डाक्टर शैलेजा पाेखरेलले पहिलोपटक नागार्जुनकाे कार्यक्रममा सहभागी हुँदा केही नौलो अनुभव गरेको बताउनुभयो। कुनै पनि विधाकाे चर्चा र परिचर्चा गर्नु आफैमा गाराे विषय रहेको बताउँदै एउटा शब्दले पनि समाज परिवर्तन गर्न सक्ने ज्ञमता राख्ने हुनाले स्रष्टाका कृतिलाई सितिमिति आँकलन गर्ने नसकिने तर्क प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमकाे अन्त्यमा मन्तव्य राख्दै प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले संस्थाले स्रष्टाहरुलाई दाेहाेराे सम्मान दिएको स्पष्ट पार्नु भयाे । कृति माथि परिचर्चा गर्ने जिम्मेवारी पनि दिएकाे र त्यहि अबसरमा सम्मान गरिएकोले स्रष्टा प्रतिकाे दाेहाेराे सम्मान हो भन्ने लागेको छ। पौडेलको भनाइ थियो ।