पुस १७ बुधबार ,२०८१
काठमाडौं । नेकपा एमालेबाट साधरण सदस्य पनि नरहने गरि निस्कासन गरिएका नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली माथि गम्भिर आराेप लगाएका छन् । आज काठमाडौमा पहिलोपटक पत्रकार सम्मेलन गरेका रावलले ओलीका गतिविधिकाे आलोचना गर्दै आफैले बाचा गरेको कुरा पनि पूरा नगरेको भनेका हुन्।
उनले एमाले बिभाजन पछि बालकाेटमा बाेलाएर १० भाइ नेताहरूलाई गुट, उपगुटकाे आधारमा विभेद नगर्ने र समान व्यवहार गर्ने विषयमा छलफल गरेकाे बताए। तर ओलीले पार्टीको विधान र विश्वास भत्काएर धाेका दिएकाे उनकाे आराेप छ ।
नेता रावलले पार्टीकाे पुर्ण बैठक किन नबाेलाएकाे भन्दै प्रश्न गरेका छन् । उनले भने ,`पार्टीमा गुटका मान्छेलाई जिम्मेवारी दिने र मन नपरेका ,फरक मत राख्ने र आलोचना गर्नेलाई लखेटने उनकाे प्रवृति छ। संबिधान जलाउने र कमन्युष्ट विराेधीलाई काखी च्यापेर हिडेका ओलीकाे विश्वासकाे नभएको उनले आराेप लगाएका छन।


