नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.काेइरालाले बेलायती संसदमा सम्बाेधन गर्ने

अ+
अ
अ-

पुस १७ बुधबार ,२०८१
टुकी सम्बादाता,साधुराम थपलिया

काठमाडौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले बेलायतको संसद भवनमा संम्बाेधन गर्नु हुने कार्यक्रम तय भएको छ। बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा डा. कोइराला बेलायत जान लाग्नु भएको हो ।

आउँदाे १३ जनवरी २०२५ का दिन एक विशेष कार्यक्रममा बेलायतकाे संसदमा काेइरालले संम्बाेधन गर्ने तालिका तयार भएको काेइरालकाे सचिवालयले जनाएको छ।

बेलायतको ऐतिहासिक संसदमा बेलायती विदेश मन्त्री र उद्योग,व्यापार,बाणिज्य मन्त्री लगायत, मन्त्री तथा सांसदहरुको उपस्थितिमा काेइरालाले संम्वोधन गर्नु हुने छ । नेपालकाे इतिहासमा बेलायतको संसदमा सम्बाेधन गर्ने डाक्टर काेइराला  पहिलो नेपाली हुनुहुन्छ ।

दक्षिण एशियाबाट बेलायतको संसदमा सम्बाेधन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र दोश्रो भाग्यमानी नेता डा कोइरालाले यो अबसर प्राप्त गर्नु भएको छ।