पुस, १६ मंगलबार ,२०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउनु पर्ने माग गरिएको छ। सरकारी वकिलकाे कार्यालय कास्कीले मंगलबार थुनछेेककाे बहसको क्रममा लामिछाने सहित ७ जनालाई कारागार पठाउन माग गरेको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेसहित ७ जनालाई सरकारी वकिलहरूले सबै अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन माग गरेका हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बयान सकिएपछि मंगलबार थुनछेक बहस सुरू भएको थियो।
सहकारी ठगी मुद्दामा कार्तिक २ गते लामिछानेलाई काठमाडौबाट प्रहरीले पक्राउ गरेको थियो । कास्की जिल्ला प्रहरीले उनलाई अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दा दायर गरेको थियो।


