पुस,१६ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । माध्यमिक विद्यालय स्तरीय शैक्षिक प्रदर्शनी प्रतियाेगितामा सेतिदेवी माध्यमिक विद्यालय धुलिखेल प्रथम भएको छ। शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकको आयोजना र शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको सहयोगमा भएको प्रतियाेगितामा, जनक माध्यामिक विद्यालय नमाेबुद्द दाेस्राे ,पार्वती माध्यामिक विद्यालय तेस्राे र प्रभात माध्यामिक विद्यालय बनेपाले चौथाे स्थान हासिल गर्न सफल भएको छ।
माध्यमिक विद्यालय स्तरीय शैक्षिक प्रदर्शनी, शिक्षा विकास तथा समन्वय इकाईको प्राङ्गणमा धुलिखेलमा भएको थियो । उक्त प्र दर्शनी कार्यक्रममा जिल्लाका १२ विध्यालय सहभागी थिए। एक पालिकाबाट एक विद्यालयले प्र तियाेगितामा भाग लिएका थिए।
साे प्रदर्शनि कार्यक्रममा सहभागीता जनाउने विद्यालयहरु मण्डनदेउपुर नगरपालिकाबाट इन्द्रावती मावी ,भुम्लु गाउँपालिकाबाट प्रकाश मा वि ,चौरिदेउराली गाउँपालिकाबाट प्रभा माध्यमिक बिध्यालयले भाग लिएका थिए।
अन्य पालिकाहरु पाँचखाल नगरपालिकाबाट आजाद माबी बालुवा ,धुलिखेल नगरपालिका सेतिदेवी मा वि ,बनेपा नगरपालिकाबाट प्रभात मा वि ,रोशी गाउँपालिकाबाट बिन्धाबसिनी मावि ,नमोबुद्ध नगरपालिकाबाट जनक मावी,पनौति नगरपालिकाबाट भालेश्वर मा वि ,बेथान्चोक गाउँपालिकाबाट पार्वती मा बि ,खानीखोलाबाट गाउँपालिका कुमारी मावी ,महाभारत गाउँपालिकाबाट ग्रामोन्न्ति मावीले सहभागीता जनाएका थिए।
प्रत्यक पालिकाले आ- आफ्नो पालिकाका विद्यालय छनोट गरि प्रतियाेगितामा सहभागीता जनाएका हुन। प्रतियाेगितामा तेमाल गाँउपालिकाले भाग लिएको थिएन । तेमाल गाउँपालिकाबाट विद्यालयकाे अनुपस्थित रहेको थियो।जिल्लाका १३ वटा पालिका मध्य १ पालिका अनुपस्थित हुँदा १२ पालिकाका विद्यालयले प्रदर्शनिमा भाग लिएका थिए।


