पनौती नगरकार्यपालिकाबाट अनुमाेदन भएका केही महत्त्वपूर्ण निर्णयहरु

अ+
अ
अ-

पुस १६ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । पनौती नगरपालिकाकाे कार्यपालिका बैठकले चालू आर्थिक वर्ष २०८१/८२ काे असार देखि हालसम्म  मा ४६ वटा निर्णयहरु अनुमाेदन गरिसकेकाे छ। गत असार २५ गते याेजना फरफारक र भुक्तानी अनुमाेदन सम्बन्धि पहिलो निर्णय गरेकाे हो भने मंसिर २७ गते  वडा नम्वर ८ मा रहेको बैकल्पिक सडक मर्मत वापतकाे रकम भुक्तानी सम्बन्धमा निर्णय गरिएको थियो ।

नगर कार्यपालिका बैठकले भदौकाे अन्त्यसम्म केही महत्वपूर्ण र दिर्घकालीन निर्णयहरु अनुमाेदन गरेकाे थियो । प्राकृतिक स्रोत उपयाेग, विक्रि र कर संकलनकाे ठेक्का लगाउने र साेकाे व्यबस्थापन गर्ने ,वार्षिक खरिद योजना स्वीकृत ,बालश्रम मुक्त नगर घाेषणा र काठमाडौ विश्वविद्यालयलाई अस्पताल निर्माणका निम्ति नेपाल सरकारकाे स्वामित्वमा रहने गरी वडा नम्बर ९ सुन्थानमा रहेकाे जग्गा भाेगाधिकार,सम्बन्धि निकायलाई सिफारिस प्रदान गर्ने रहेका छन् ।

असाेज १२/ १३ गतेकाे विनाशकारी बाढी पहिराे पछि १४ गते बसेकाे बैठकबाट `प्रकाेप व्यबस्थापन काेषमा´ सहयोग आब्हान  गरिएकाे थियो । पनौतीकाे खानेपानी स्राेत प्रयाेग गरे बापत धुलिखेल नगरपालिकाबाट आएको १० लाख रुपैयाँ  वडा नम्बर १२ लाई उपलब्ध गराउने ,पनौती बजार र संरक्षित स्मारक क्षेत्रमा पुर्न निर्माण कार्यकाे लागि नगरकाे स्वीकृति लिनु पर्ने र खानेपानीका धारा, ट्याङ्की,लाइन र पाइपहरु क्षति हुन गएकाेले मर्मत कार्यलाई सहयोग पुग्ने उदेश्यका साथ, उपभोक्त समितिलाई नविकरण र सुचिकरण बापतकाे दस्तुर एक पटकका लागि दाेब्बर जरिवाना लिई सेवा लिन सकिने व्यबस्थालाई पनि कार्यपालिका बैठकले अनुमाेदन गरेकाे थियो ।

विपदकाे व्यबस्थानमा नगरपालिकाले १० हजार ५ सय ८० लिटर इन्धन खर्च भए देखाएको छ। साथै भाडामा प्रयाेग गरिएको स्काइभेटरकाे प्रती घण्टा ५ हजार २ सय  र जेसिभी प्रती घण्टा २ हजार ५ सय इन्धन र कर सहितकाे भुक्तानी रकम वडा बाट सिफारिस भए बमाेजिम उपलब्ध गराउने , निर्माणमुखी ढुङ्गा खानी उद्योगहरुकाे नविकरण र सिफारिस , सिजि प्राेपर्टिजकाे वातावरणीय अध्यायन प्रतिवेदन पनि स्वीकृत गर्ने निर्णय गरिएको  नगरपालिकाले जनाएको छ।

नगरपालिकाले बाढी पहिराेमा तत्कालकाे समस्या समाधानको निम्ति पीडितलाई राहत सामाग्री वितरण गरेको थियो । विपदमा नागरिकलाई राहत उपलब्ध गराउनु र पीडितकाे उचित व्यबस्थान गर्नु नगरकाे दाहित्व हो । तसर्थ असाेज १८ गतेकाे कार्यापालिका निर्णयले राहत सामाग्री खरिदमा खर्च भएको ३ लाख, ९७ हजार,९ सय २५ रुपैया भुक्तानी दिएको थियो । यसै बीच  नगरपालिकाले २ लाख, ३० हजार, ३ सय २६ रुपैयाँ बराबरकाे राहत नागरिकलाई बाँडेकाे तथ्यांकबाट देख्न सकिन्छ ।

आर्थिक वर्ष ८१/८२ काे सुरुमा बनाएको बजेटमा नगरपालिकाकाे १६ अौ नगर सभाबाट संशोधन सहित बजेट कटौती गरेकाे छ । साे कटौती रकम पुर्ननिर्माण र व्यबस्थापनमा लगाउने नगरपालिकाले बताएकाे छ।