पुस,१६ मंगलबार ,२०८१
काभ्रेपलान्चोक। महिला वडा मञ्च, वडा नम्बर ६ बनेपाले महिला दिदीबहिनीहरुका निम्ति सीप मुलक तालिम प्रदान गरेकाे छ। महिला मञ्चद्वारा आयाेजना गरिएको तालिममा सरफ बनाउने तालिम दिइएको हो ।
जिल्ला खेलकुद समितिकाे कबडहलमा संचालन भएको तालिम तीन दिन सम्म चलेकाे थियो । महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यले पुस १२ गते देखि १४ गते सम्म तीन दिन महिला दिदीबहिनीहरुलाई तालिम प्रदान गरिएको वडा महिला मञ्चकि अध्यक्ष मञ्जु थापाले जानकारी दिनु भयो ।
जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मान वीर लामाले उदघाटन गर्नु भएको तालिमबाट ५६ जना महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । तालिम पश्चात् वडा मञ्चले तालिम प्राप्त महिलाहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।
उक्त तालिमकाे समापन नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय सचिव भेष राज शाहले गर्नु भएको थियो । प्रमाणपत्र वितरण गर्दै सचिव शाहले तालिम प्राप्त महिला दिदीबहिनीहरुकाे उज्ज्वल भविष्यकाे कामना सहित तालिममा सिकेकाे कुरा व्यबहारमा उतार्न अनुराेध गर्नु भयो । उहाँले,` महिलाहरुकाे परनिर्भरता हटाउन सरफ बनाउने तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्न भएको थियो । महिला दिदीबहिनीहरुले तालिममा सिकेका कुराकाे सदुपयोग गर्दै घरेलुु तथा साना उद्योगमा दर्ता गरि सामुहिक लघु उद्योग संचालन मार्फत आय आर्जनमा वृद्धि ढाेका खुलेकाे बताउनु भयो ।´


