चम्पदेवी आधारभूत बिद्यालयमा बालबालिकालाई न्यानो लुगा बितरण ।

+
-

पुस १५ साेमबार ,२०८१
काभ्रेपलान्चोक ।  काभ्रेको रोशी गाउँपालिका वडा न ६ स्थित श्री चम्पादेबि आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकालाई ट्रयाकसुट बितरण गरिएको छ । नेकपा माओवादि केन्द्र रोशि वडा न ६ को वडा कमिटी अध्यक्ष समाजसेवी मान बहादुर लामाको पहलमा जर्मनी सँस्थाको सहयोगमा उक्त बिद्यालयमा ५५ जना बालबालिकालाई ट्रयाकसुट सेट वितरण गरिएको प्रधानअध्यापक  सुशीला दाहालले जानकारी दिइन् ।

जाडो महिनामा बालबालिका हरुलाइ सहयोग गरिएकोमा पहल कर्ता र सहयोगी लाई प्रअ दाहालले धन्यवाद व्यक्त गर्दै बिद्यालयलाई सधै सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताइन् । बिद्यालयमा बालबालिकाहरुलाइ बिपत्ति पछि सहयोगी हात बाट ट्र्याकसुट बितरण गरिएको लामाले बताए । हामिले के कसरी बालबालिकाहरुलाइ सहयोग गर्न सकिन्छ भन्ने छलफल पछि जर्मनबाट आउनुभएका पाहुनाहरुको सहयोगमा बालबालिकालाई ट्र्याक सेट बितरण गरिएको लामाले बताए ।

स्थानियबासी मान बहादुर लामाले बिद्यालयसम्म आएर बालबालिकाहरुलाई गरिएको सहयोग अमुल्य रहेको शिक्षक तोरण भुर्तेलले बताए । यस्तो सहयोग निरन्तरता दिन शिक्षक भुर्तेलले लामालाइ अनुरोध गरे ।