पुस,१३ शनिबार ,२०८१
काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले पुर्व गृहमन्त्री रवी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन रहेको खुलासा गर्नु भएको छ। आज काठमाडौकाे एक कार्यक्रममा पत्रकारहरुकाे प्रश्नमा जवाफ दिदै भूषालले आफू माथि जाइलाग्ने भएपछि ठुला दलहरुले रवीलाई घेराबन्दीमा पारेर फसाएकाे बताउनु भएको हो ।
उहाँले भन्नुभयाे, ` ठुला भ्रष्टहरुले आफू मासिने र स्खलित हुने देखेपछि सानालाई भ्रष्टाचारको बिल्ला भिराइ दिएका हुन। आफू बच्न अरुलाई अगाडि सारियाे ,फरक यति हो । केही चाेखा छैनन् ,सबै दल संस्थागत भ्रष्टाचारमा लिप्त छन्। ओम्नी ,यति बाल मन्दिर र ललिता निवास काण्डमा कसकाे के छ ? घाम जस्तै छ ।´ रास्वपाले अदालतलाई सघाउने भनेर निर्णय गरिसकेकाे छ। त्यसमा आफ्नो र पार्टीको तर्फबाट नकारात्मक धारणा नभएकोले रवी जि र रास्वपालाई हाम्रो समर्थन छ । भूषालले भन्नू भएको छ।
अदालतकाे अन्तिम निर्णय कुर्नुकाे विकल्प नभएको भन्दै ठुला दलले नयाँलाई पनि पुरानाे भन्दा कम छैनन् भनी भ्रम छर्ने काम गरेको धारणा राख्नु भएको छ। रवी लामिछानेको बारेमा नेकपा एकीकृत समाजवादीकाे केही टिप्पणी नभएको उहाँले बताउनु भयो ।


