पुस१२ शुक्रबार ,२०८१
काभ्रेपलान्चोक । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे विशेष साधरण सभा गत बुधबार सम्पन्न भएको थियो । कार्यक्रम धुलिखेल नगरपालिकाका नगर प्रमुख असाेक कुमार ब्याञ्जुले उदघाटन गर्नु भएको थियो ।
उपभाेक्ता समितले विशेष साधरणा सभा मार्फत संशाेधन सहित ११ वटा प्रस्तावहरु पारित गरेका छन् । संशाेधित प्रस्तावहरुमा कार्यसमितिले प्रस्तव गरेकाे ३० प्रतिशत खानेपानी महसुल वृद्धिकाे प्रस्ताव ५ प्रतिशत घटाएर २५ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ।
सातदलकाे तर्फबाट प्रतिनिधित्व गर्नु भएका नेकपा एकीकृत समाजवादीका धुलिखेल नगर इन्चार्ज हरिगाेपाल प्रधानाङ्गले ११ वटा प्रस्तावमा ४ वटा प्रस्ताव माथि संशाेधन सहित पारित गरिएको जानकारी दिनु भयो । अर्का ३ प्रस्तावहरु ,प्राकृतिक प्रकाेप काेषकाे लागि विलमा उठेकाे रकमकाे १० प्रतिशतलाई खारेज गरिनुका साथै उपभोक्तबाट उठाउने अग्रिम ५ हजारलाई स्वेच्छिक बनाउने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी काभ्रेका प्रमुख उमेश ढकालकाे विषेश पहलमा पनौती नगरपालिका , पनौती नगरपालिका १२ , धुलिखेल नगरपालिका र धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितकाे सकृयतामा भएको सम्झौता अनुमाेदन र पारित गरिएको छ।


