किसुनजीकाे विचार ब्यवहारमा उतार्न नेता काेइरालाकाे सुझाव

+
-

पुस ८ साेमबार ,२०८१
टुकी सम्बादाता, साधुराम थपलिया

काठमाडौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर काेइरालाले किसुन जिका अनुयायीहरुले पनि उहाँको बाटाे अवलम्बन नगरेकाेमा आफू सहमत हुन नसकेको बताउनु भएको छ। आज काठमाडौमा सन्त नेता कृष्ण प्रसाद भट्टराईकाे १०१ अौ जन्म जयन्तीको अबसरमा आयाेजीत `किसुन जिकाे जीवन र व्यक्तित्व´ विषयक विचार गाेष्ठीमा बाेल्दै काेइरालले उक्त कुरा बताउनु भएको हो ।

उहाँले,काङ्ग्रेस सभापति देउवा किसुन जिकाे चेला भएको तर उहाँको विचारलाई अनुशरण गर्न नसकेकाे भन्दै अहिलेकाे राजनीतिक परिस्थितिलाई सभापतिले समेटन किन पहल नगरेकाे भनी प्रश्न गर्नु भएको छ। काेइरालाले प्रश्न गर्नु भयो , `किसुन जि , विपी र गणेशमान जि हरुले अहिलेकाे राजनीतिक संक्रमणलाई चिर्न कस्ताे प्रयास गर्नु हुने थियोे हाेला ?,त्यहि साेचेर जानू पर्थाे । यस्ता घटना  इतिहासकारहरुले चिनु पर्ने उहाँको धारण थियो ।

अग्रज नेताहरु राजनीतिक अडानमा पक्का भएको इतिहास स्मरण गर्दै,काेइरालले किसुन जि संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्मा प्रष्ट अडान राख्ने नेता भएको बताउनुभयो।उतिबेला काङ्ग्रेसले गणतन्त्रको कुरा गर्दा आफ्नो अडानमा पछाडि नफर्कने भट्टराईले बरु पार्टीबाट निस्कृय बस्नु भयो तर धारणा बदल्नु भएन । अहिलेका नेताहरुको चरित्र फरक हुने गरेको पाईएकोले यसमा सुधार गर्नुपर्ने आवस्यकता रहेको औल्याउनु भयो ।