प्यालेस्टाइनी नरसंहार विरुद्ध हस्ताक्षर अभियान

+
-

पुस ८ साेमबार ,२०८१
काभ्रेपलान्चोक । प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) काभ्रेले जिल्ला व्यापी हस्ताक्षर अभियान संचालन गरेको छ। साेमवार बनेपाकाे चारदाेवाटाेमा काभ्रे जिल्ला पार्टीले काभ्रेली जनसमुदायबाट हस्ताक्षर पुस्तिकामा सहीछाप गरी ऐक्यवद्धता प्रकट गर्न अभियान संचालन गरेको हो ।

नेकपा एकीकृत समाजवादीले देशै भरी संचालन गरेकाे अभियानमा एकीकृत समाजवादी काभ्रेले पनि ऐक्यबद्धता जनाएको काभ्रे जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँइले बताउनु भयो । उहाँका अनुसार,`इजरायलले गरेको मानवीय नरसंहारमा हजारौं प्यालेस्टाइनी र १० जना नेपाली नागरिकहरुले ज्यान गुमाउनु परेकाे र बेपत्ता भएकाले पनि दबाव स्वरुप याे अभियान संचालन गरिएको हो।´नेपालीहरु शान्ति प्रेमी भएकाले यो अभियानमा लाग्ने र यसले उचित दबाब सिर्जना हुने विश्वास हुमागाइले गर्नु भएको छ।

प्यालेस्टाइन नरसंहार विरुद्ध आम काभ्रेली जनसमुदायको समर्थन लिने उदेश्यले सोमबार काभ्रे जिल्ला व्यापारिक नगरी बनेपा हस्ताक्षर अभियान संचालन गरिएको एकीकृत समाजवादी माेर्चा संगठन काभ्रेले जनाएको छ।

हस्ताक्षर अभियान दिनको ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म संचालन भएको थियो । साे हस्ताक्षर अभियानमा मानवअधिकारकर्मि , समाजसेवी, पत्रकार , राजनीतिक दलका नेता कार्यकर्ता, लगायत अाम काभ्रेली न्याय प्रेमी जनसमुदायको बाक्लो उपस्थित रहेको थियो ।