नवनिर्वाचित पत्रकार महासंघ काभ्रेलाई जिससकाे सम्मान

+
-

पुस ४ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेले `नेपाल पत्रकार महासंघ´ काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएको छ। बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम आयाेजना गरी नवनिर्वाचितहरुलाई सम्मान गरेकाे हो । नेपाल पत्रकार महासंघकाे निर्वाचन गत मंसिर २८ गते भएको सम्पन्न भएको थियो ।

निर्वाचनबाट बिनोद कुमार न्यौपानेकाे नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको थियो । कार्यक्रममा निर्वाचित समितिका पदाधिकारी, सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यलाई प्रमाण पत्र सहित बधाई तथा शुभकामना दिइएको हो ।
कार्यक्रममा शुभकामना दिनु हुँदै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले,नवनिर्वाचित कमिटीले काभ्रेको संचार क्षेत्रमा सकारात्मक परिणाम दिने अपेक्षा गर्नु भयो । उहाँले ,`काभ्रे पत्रकार महासंघको निर्वाचनमा प्रतिस्पर्धात्मक रस्साकस्सी देखिन्छ तर सामान्य अबस्थामा सबै संचारकर्मि मित्रहरु बीच आपसमा समभाव र एकताका साथ अपनत्व ग्रहण गर्ने सक्ने पद्धतिको विकास भएको भन्दै प्रशंसा गर्नु भयो।´ आफू मिडिया फ्रेण्डली भएको बताउँदै आफ्नो मिल्ने साथि पनि मिडियाकर्मि साथिहरु नै रहेको खुलासा गर्नु भयो ।

साेही कार्यक्रममा शुभकामना दिनुहुँदै निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिनाले पत्रकारहरुलाई जिल्ला समन्वयलले सधै मिडिया पाटनरकाे रुपमा स्विकार गर्दै कार्यक्रमहरु गर्ने गरेकाेमा धन्यवाद दिनु भएको छ। उहाँले संस्थागत रुपमा सबै संचारकर्मिहरुलाई जाेडदै लैजान पनि सुझाव दिनु भयो ।

यस्तै नवनिर्वाचित अध्यक्ष विनाेद कुमार न्यौपानेले जिल्ला समन्वय समितिको प्रशंसा गर्दै ७७ वटै जिल्ला समन्वय समिति के हो? भन्ने उदाहरण दिन काभ्रे जिल्ला समन्वय समितिका प्रमुख गौतम सफल हुनु भएको र आगामी दिनमा जिल्ला हुने हरेक गतिविधिमा मिडिया जगतलाई समन्वय गर्दै जाने अपेक्षा गर्नु भयो ।