नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित पदाधिकारीकाे पदस्थापना

+
-

पुस ३ बुधबार ,२०८१
काभ्रेपलान्चोक ।  नेपाल पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे पदस्थापन गरिएको छ। गत मंसिर २८ गते भएको निर्वाचनबाट बिनोद न्यौपाने नेतृत्वमाध कार्यसमिति, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यको पदस्थापन गरिएको हो ।

कार्यक्रममा निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारी, सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यलाई प्रमाण पत्र बितरण गरेको थियो । त्यस लगत्तै निर्वतमान अध्यक्ष बद्रीराज तिमल्सिनाले नव निर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा निर्वतमान सचिव कपिल कोइरालाले निर्णय पुस्तिका नवनिर्वाचित सचिव नगेन्द्र अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । निवर्तमान कोषाध्यक्ष केदार तिमल्सिनाले नवनिर्वाचित कोषाध्यक्ष केशवराज पौडेललाई कोष तथा खाता हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्य तिर्थ लामा र रत्न ढकाल, प्रजिअ उमेशकुमार ढकाल, बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षता र निवर्तमान सचिव कपिल कोइराला कार्यक्रम  सञ्चालन गर्नु भएको थियो ।