मंसिर,२९ शनिबार ,२०८१
काभ्रेपलान्चोक । साहित्यले समाज परिवर्तनमा भुमिका खेलेकाे हुन्छ ।यहि कुरालाई महत्त्वका साथ ध्यानमा राखेर प्रगतिशिल लेखक संघ काभ्रेले नियमित रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ। प्रलेस काभ्रेले प्रत्यक महिनाकाे अन्तिम शनिवार नियमित रचना बाचन गर्ने गरेको छ।
यस्तै नियमित रचना बाचनमा कवि तथा पत्रकार धुर्व रायमाझीले `अबाेध विद्राेहि चेमेली´ ,नवराज उदासले साथी साथी बीचमा कुरा हुँदा साथी के कारण नेता हुन सकेन भन्ने विषयमा `तँ नेता भइनस्´ शिर्षककाे कविता सुनाउनु भयो ।
उक्त कार्यक्रममा कवि ललिता अधिकारीले ,`राजनितिक सुझाव ´ दिनेश राज खरेलले `रेमिट्यान्स सपना ´ अग्रज साहित्यकार मुरारी रायमाझीले बहरमा गजल सुनाउनु भएको थियो भने , कार्यक्रमकाे अध्यक्ष्ातामा ग्रहण गरेनु भएकि स्रष्टा भवानी पाण्डेले केहि मुक्तकहरु बाचन गर्नु भएको थियो ।
कार्यक्रममा स्रष्टाहरु सुशिला विष्टले छन्द कविता , रिता बादे श्रेष्ठ र बेलि परियार पनि आ आफ्ना रचना बाचन गर्नु भएको थियो । ।


