समाजसेवी मिश्र परिवारद्वारा डाेलेश्वर मन्दिरमा सहयोग

+
-

मंसिर २७, बिहिवार ,२०८१
भक्तपुर । समाजमा सेवा ,सहयोग र सत् भावकाे वातावरण अझै कम भइसकेको छैन । मानिस भौतिक रुपले जुन भुगाेलमा भएपनि समाजसेवामा तल्लीन मनहरुले जहाँ भएपनि सहयोग गरिरहेका हुन्छन् ।

त्यसमध्यका एक ब्यक्ति हुनुहुन्छ , वरिष्ठ साहित्यका तथा समाजसेवी सुरेन्द्र मिश्र । उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडाेलमा रहेकाे `डेलेश्वर महादेव मन्दिर´काे पुष्पवाटिका निर्माणमा आर्थिक सहयोग गर्नु भएको छ। मिश्रले आफ्नो स्वर्गीय पत्नी रेणुदेवी मिश्रकाे स्मृतिमा पुष्पवाटिका निर्माण, पारिजातकाे वृक्ष राेपण र संरक्षणकाे दिर्घकालिन उदेश्य सहित मन्दिरमा सहयोग गर्नु भएको हो ।

रौतहत जिल्ला दुर्गा भगवती गाउपालिका वडा ३ मत्सरी स्थायि बसाेसार गर्नु हुने मिश्र परिवारले डोलेस्वरनाथ महादेव मन्दिर संचालक समितिका निवर्तमान अध्यक्ष बालहरि चालिसे तथा  सञ्चालक समिति सदस्यहरुकाे उपस्थितिमा उक्त वाटिकाकाे निम्ति ताम्रपत्र हस्तान्तरण गर्नु भएको हो । परिवारका सदस्यहरुले स्वर्गीय सदस्यकाे स्मृतिमा निर्माण हुने संरचना संरक्षण कार्यमा आर्थिक रकम जुटाउनु भएको थियो । आर्थिक रकम प्रदान गर्ने दाताहरु समाजसेवी तथा साहित्यकार सुरेन्द्र मिश्र, छोरा राकेश मिश्र, जेठी बुहारी रश्मी ज्ञवाली मिश्र, नाती सौरभ मिश्र हुनुहुन्छ ।

सोहि कार्यक्रममा संचालक समितिका अध्यक्ष ,संचालक सदस्य राजेन्द्र त्वाती, समाजसेवि हेम बहादुर खत्रीलाई सुरेन्द्र मिश्रले  खादा ओढाई सम्मान गर्नु भएको थियो । मिश्र परिवारले मन्दिर प्रती देखाउनु भएको श्रद्धाकाे प्रशंसा गर्दै अध्यक्क्ष बालहरि चालिसेले कार्यक्रम आयोजना गरि सहयोग गर्नुले समाजमा मानिसहरुलाई दान धर्म र सहयोगमा प्रेरणा मिल्ने आशय ब्यक्त गर्नु भयो ।

सुरेन्द्र मिश्रद्वारा खादा ओढाई सम्मान गर्दै मन्दिर प्रतिको आस्थामा सर्वसाधारणकाे श्रद्धा, सम्मान अभिवृद्धि भई रहोस् भन्ने भाव ब्यक्त गर्नुका साथै सञ्चालक सदस्यहरुबाट भैरहेको सक्रिय कार्यको सराहना गर्नु भयो ।