शारीरिक अशक्त तथा बिपन्न परिवारलाई सहयोग रकम प्रदान

+
-

मंसिर ,१५ शनिबार ,२०८१
काभ्रेपलान्चोक । काभ्रेको चौरीदेउराली गाँउपालिकाका वडा नम्बर ९ का शारीरिक अशक्त तथा बिपन्न परिवारका सदस्यलाई सहयोग रकम प्रदान गरिएको छ। डिसेब्लिटी इन्टरनेसनल साेसाइटी फाउन्डेसन, ब्रुज बेल्जियमकाे सहयोगमा उक्त नगद रकम वितरण गरिएको हो ।

संस्थाले हालसम्म नेपालका १२ जिल्लामा सहयोग गरिसकेकाे फाउन्डेसनका सदस्य डिल्ली सुब्बाले जानकारी दिनु भयो । यस सस्थाले काभ्रेमा समेत राहात बितरण गरेकाे छ। स्थानीय समाजसेवी तथा सामाजिक अभियान्ता यसु लामाकाे नेतृत्वमा जनही २०/२० हजार नगद रकम प्रदान गरिएको हो ।

नगद रकम वितरण कार्यक्रममा समाजसेवी यसु लामा, चन्द्र सागर लामा, अमृत लामा, पेमा लामा, वडा अध्यक्ष राम लामा दुर्गा बहादुर श्रेष्ठ सहितको उपस्थितिमा रहेकाे थियाे ।