मंसिर १२ बुधबार ,२०८१
काभ्रेपलान्चोक । पञ्चेबाजा नेपाली लाेकसंस्कृतिकाे मौलिक बाजा हो । यो बाजा लाेप हुने हो कि ? भन्ने चिन्ता पनि बढदाे छ। आधुनिकतासँगै परम्परागत पेसा छाेड्दै जाने चलनले यस्ता बाजागाजाहरु समाजबाट लाेप हुने सम्भावना रहेको छ।
यस्तै लाेक परम्परागत बाजाकाे संरक्षणमा जिल्लाकाे भुम्लु गाउँपालिकाले चासाे देखाएको छ। नेपाली लाेक संस्कृतिककाे संरक्षण र प्रबर्दन गर्ने उदेश्यले भुम्लु गाउँपालिकाले पञ्चेबाजा बजाउने कलाकाे प्रशिक्षण गराएको छ।
नेपाली पञ्चेबाजाकाे संरक्षण गर्ने र बाजा बजाउने कलाकाे तालिम दिन गाउँ पालिकाकाे सहयोगमा नेपाली पौराणिक पन्चेबाजा प्रशिक्षण दिन लागिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिनु भयो । दस दिनसम्म चल्ने प्रशिक्षणकाे अध्यक्ष भुजेलले विधिवत उदघाटन गर्न भयो ।
गाउँपालिका अध्यक्ष भुजेलले सनाई र ढाेलक बजाएर प्रशिक्षण कार्यक्रमकाे सुरुवात गर्नु भएको थियो । प्रशिक्षकहरु छिमेकी जिल्ला, सिन्धुली कलाघरका कलाकारहरु रहेका छन् । उक्त टाेलिले पञ्चेबाजा बजाउने कला सिक्न चाहनेहरुलाई १० दिनसम्म पन्चेबाजा सिकाउने छन् । पञ्चेबाजा प्रशिक्षणले लोक संस्कृतीको संरक्षण र बिकासको साथै महिला सशक्तीकरणको अभियानलाई टेवा पुग्ने ,अध्यक्ष भुजेलले विश्वास लिनु भएको छ।


