मंसिर ८ शनिबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )काभ्रेपलान्चोकको जिल्ला भेलाबाट प्रविन कुमार ढकालकाे सभापतित्वमा पदाधिकारी सहित १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ। शुक्रबार धुलिखेलमा सम्पन्न भेलाले उप-सभापती पुण्यमाता घिमिरे ,,सचिव जि एन सापकोटा, उप सचिव शिवहरी प्याकुरेललाई सर्वसहमत चयन गरेको हो ।
यस्तै कोषाध्यक्षमा नवराज बोलखे ,सदस्यहरु मधुकुमार चौलागाई ,सदस्य डा ताराबहादुर कुवर ,सदस्य डा केशवबहादुर खुलाल के सी ,सदस्य अप्सरा खत्री,सदस्य सरिता के सी ,सदस्य नगेन्द्रराज डोटेल ,सदस्य अक्कलबहादुर लामा ,सदस्य सजन श्रेष्ठ रहनु भएको छ।
उक्त भेलाले क्षेत्रिय समिति क्षेत्र नम्बर १ र २ काे पदाधिकारी तथा सदस्यहरु पनि टुङ्गो लगाएको छ। क्षेत्रिय समिति क्षेत्र नम्बर १ काे सभापतिमा मधुकुमार चौलागाईं र क्षेत्र नम्बर २ मा डा. तारा बहादुर कुँबर सर्वसहमत चयन हुनु भएको थियो ।
रास्वपा काभ्रेको जिल्ला भेलामा पार्टी उपसभापति डि. पि. अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे थियो । साथै अतिथिहरु सांसद साेविता गौतम , नेता रमेश प्रसाई, केन्द्रीय सार्वजनिक मामिला सचिव बदन कुमार भण्डारी लगायतका नेताहरुकाे बाक्लाे उपस्थित थियो ।
नवनिर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई निर्वाचन कमिटीका संयाेजक डाक्टर सुन्दर सिंह बाेहराले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भएको थियो भने क्षेत्रिय कमिटी पदाधिकारीहरुलाई जिल्ला सभापति प्रविण कुमार ढकालले सपथ गराउनु भयाे ।


