मंसिर २ आइतबार ,२०८१
काभ्रेपलान्चोक । असाेज ११ र १२ गतेकाे अविरल बर्षाकाे कारण काभ्रे धेरै पालिकामा ठुलाे क्षति भएको थियो ।बाढी पहिराेमा ७८ जनाले ज्यान गुमाएका थिए,भने ४ जना अझै बेपत्ता छन् । यस्तै बाढीबाट थुप्रै पशु- चौपायाकाे मृत्यु भएको थियो । धेरै स्थानमा बाटो ,पुल भत्किएका छन् । खानेपानी ,बिजुलिका पाेल, नागरिकका घर, सार्वजनिक भवन, खेतीयोग्य जमिनमा पुर्ण तथा आमंशिक क्षति भएकाे थियो ।
अबैध रुपमा मापदण्ड विपरीत चलाईएका खानि र क्रसर उद्योगकाे मनाेमानीले जिल्लाका राेशि र बेथानचाेक गाँउपालिका र पनौती नगरपालिका नराम्रोसँग विपद प्रभाबित भएको थियो । यसै मध्य पनौती नगरपालिका वडा नम्बर १२ का स्थानीय बाढीकाे पीडाबाट माथि उठन् सकेका छैनन् ।
यसै वडामा संचालन भएको खानिले बार्षिक कराेडौ रुपैयाँ कमाएका छन् ।तर ,स्थानीय बाढीकाे मारमा परेका छन् । अबकाे दिनमा यहाँकाे पानी र खानिलाई पुर्ननिर्माण र वडाकाे आयस्रोतकाे बाटो बनाउनु पर्ने वडा अध्यक्ष जय राम के.शि काे धारणा छ।
असाेज १२ गतेकाे बाढी पहिराेले वडा नम्बर १२काे घाउ निकाे भएको छैन ।अब विस्तार पीडितहरुलाई राहत, पुननिर्माण ,बस्ति स्थानान्तरण जस्तो जनताका दैनन्दिनका विषयमा वडा कार्यालयले याेजना बनाएर काम गर्ने के. शि. ले बताउनु भयो ।उहाँले ,विपदकाे समयमा अन्य राजनीतिक दलका केही ब्यक्तिहरुले राहत वितरणमा राजनिती गरेकाे भन्दै वडा कार्यालयले कुनै जात ,धर्म,दलकाे आधारमा विभेद नगर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ।
उहाँले छिकेकी नगरपालिका बनेपा, धुलिखेल नगरपालिकामा यहीँबाट खानेपानी लगिएको बताउँदै वडा बासिले आबाश्यक मात्रामा प्रयाेग गरेपछि मात्रै पानी दिन सकिने र केही सर्तहरु पूरा गर्नु पर्ने स्मरण गराउनु भएको छ। स्थानीयलाई काककुल बनाएर पानी दिन नसकिने उहाँको भनाइ थियो । त्यस्तै खानि र क्रसरले पनि ८० प्रतिशत कर वडाकाे पुर्ननिर्माणमा सहयोग गर्ने गरि सहमतिमा गर्न सकिने नत्र खानि र पानीमा सम्झौता गर्न नसकिने आशय ब्यक्त गर्नु भएको छ।
केही नकारात्मक साेच भएकोहरुले वडा कार्यालय विरुद्ध नागरिकलाई भ्रम फैलाएको प्रती कटाक्ष गर्दै उहाँले कसैको उक्साहटमा नलाग्न स्थानीयलाई सचेत गराउनु भएको छ। साथै विपदकाे बेला एकमनले मिलेर राहत र उद्दरमा खटन पर्ने बेला राजनितीक रंग नदेखाउन पनि विपक्षीलाई चेतावनी दिनु भयो ।


