कार्तिक २८ बिहिवार ,२०८१
काठमाडौ । नेपाल नेवा: राष्ट्रिय संघ (समाजवादी) ले नेपाल सम्वत् (नेपाल भाषा) न्हु दँ ११४५ काे नयाँ क्यालेण्डर प्रकाशन गरेकाे छ। नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय पार्टी कार्यालयकाे सभाहलमा आयाेजित कार्यक्रममा नेपाल सम्वत् ११४५ काे क्यालेन्डर विमाेचन गरिएको हो ।
नेपाल सम्वत् ११४५काे क्यालेन्डर कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष माधव कुमार नेपालले विमाेचन गर्नु भएको हो ।
कार्यक्रममा नेपाल नेवा: राष्ट्रिय संघका अध्यक्ष माइला बाबू देउलाले कार्यक्रमकाे आतिथ्यता गर्नु भएको थियो । विशेष अतिथि कार्यालय सचिव राम कुमार भट्टराईले,अतिथिहरु केन्द्रीय कमिटी सचिव शेर बहादुर कुँवर र सावित्रा भुषाल पाेलिटब्याेराे सदस्य तथा जनजाति महासचिव अध्यक्ष पासाङ शेर्पा , केन्द्रीय सदस्य भवानी खडका ,मुकुन्द गौतम ,चन्द् लामा लगायत पार्टीको विभिन्न कमिटीमा रहेर काम गर्नु हुने पदाधिकारीहरुकाे ब्यापक उपस्थित रहेकाे थियो ।
उक्त कार्यक्रममा भित्ते पात्राे प्रकाशन उपसमितिका संयाेजक न्हुच्छे बहादुर धुकुछुले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमकाे संचालन नेपाल नेवा: राष्ट्रिय संघ(समाजवादी) का सचिव तथा काभ्रे जिल्ला कमिटी उप-सचिव हरिगाेपाल प्रधानाङ्गले गर्नु भएकाे थियो ।


