कार्तिक १५ बिहिवार ,२०८१
काभ्रेपलान्चोक । लायन्स क्लब इन्टरनेशनल डिष्टिर्क ३२५ आई नेपालको सहयोगमा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धले बाढी पहिरो पीडित लाई राहात बितरण गरेको छ ।
क्लबले काभ्रेको भुम्लु गाउँपालिका वडा नं १० मा खाधन्न सामाग्रीहरु वितरण गरेकाे हो । बाढी पहिराेबाट पीडितहरुले चाडपर्वको समयमा राहत पाउँदा सहज भएको भन्दै खुसी ब्यक्त गरेका छन्। लायन्स क्लबका जोन चियरपर्शन बदन भण्डारीले आफ्नो पहलमा पीडितहरुका निम्ति सहयोग राहत लैजानु भएको थियो ।

क्लबकाे तर्फबाट ५० घरका बाढी पहिराे प्रभावितलाई राहत उपलब्ध गराइएको थियो । प्रत्यक घरघुरीलाई १ बोरा चामल, दाल, गेडागुडी, तेल १लिटर, चिउरा ,भुजा र नुनु वितरण गरिएको छ।
बिपतको समयमा सधै राहतको लिएर जनताको घर दैलाेमा पुग्ने गरेकाे भन्दै स्थानीयले लायन्स तथा रास्वपाका युवा नेता बदन भण्डारीकाे प्रशंसा गरेका थिए। नेता भण्डारीलाई स्थानीयहरुले धन्यवाद दिएका छन।
लायन्स क्लबका पिआरो चिफ बिष्णु भण्डारीले जनताको घर आँगनमा आएर सहयोग गर्न पाउँदा खुसी लागेकाे अभिब्यक्ति दिनु भएको छ। राहात कार्यक्रममा कलस्टर को-चिफ राम श्रेष्ठ , क्लब अध्यक्षहरु रुप बहादुर रावल र भेष राज शाह राहत कार्यक्रममा सहभागी हुनु हुन्थाे ।


