रास्वपा काभ्रेले बुझायाे जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

+
-

कार्तिक ६ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र ,प्रमुख जिल्ला अधिकारी सुरेश ढकाललाई बुझाइएको हो ।

सहकारी ठगिमा छानवीन समितिले दाेषिलाई कार्बाही गर्न सिफारिस गरेपनि राजनीतिक प्रतिशाेध साँध्ने तरिकाले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले धर पकड गरि पक्राउ गरेकाले साे कार्यकाे घाेर आपत्ति जनाउँदछौ।ज्ञापन पत्रमा भनिएको छ।

रास्वपा काभ्रेका सभापति प्रविण कुमार ढकालकाे हस्ताक्षर रहेकाे उक्त पत्रमा प्रतिशाेधकाे राजनीति गर्ने काम बन्द गर्दै लामिछानेलाई तत्काल रिहाइको माग गरिएको छ। सात बुँदा समेटिएको ज्ञापनपत्र बाँस वारि जग्गा , भुटानी शरणार्थी काण्ड ,बालमन्दिर काण्ड ,मिटर ब्याजि , मीन बहादुर गुरुङले एमालेलाई दिएकाे दान , ८७ अर्ब सहकारीको पैसा अपचलन मुद्दा र काण्डमा सत्य तथ्य र व्यापक छानबिनको माग गरिएको छ।

नेपाली काङ्ग्रेसका नेता वास्तविक सहकारी ठग धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पाेखरेललाई कार्वाहीकाे दायरामा ल्याई सहकारी पीडितलाई न्याय दिइयाेस् भनी उल्लेखित ज्ञापनपत्रमा भनिएको छ।