रवी लामिछाने प्रकरण :- सरकार विरुद्ध रास्वपाकाे प्रदर्शन

+
-

कार्तिक ३ शनिबार , २०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गरे पछि सरकार विरुद्ध प्रदर्शन गरेको  छ। शनिवार काठमाडौकाे माइतीघर मण्डलामा रास्वपाले विराेध प्रदर्शन गरेकाे छ। 

यस्तै सभापति लामिछानेलाई पक्राउ गरि अनुसन्धानका लागि लगिएको स्थान पाेखरामा पनि सरकार विरुद्ध  बृहत् विराेध  कार्यक्रम गरिएको छ। साथै रास्वपाकाे विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुले सरकारलाई  दबाब सिर्जना गरिरहेका छन् ।

रास्वपाका एक नेताका अनुसार सरकारले  राजनीतिक प्रतिशोध  राखेर सभापति लामिछानेको पक्राउ गरेको आराेप लगाउनु भएको छ। उहाँले रवीकाे पक्राउका विरुद्ध ऐक्यबद्धता जनाउन र सरकारलाई दबाब दिनकाे  लागि सम्पूर्ण न्यायप्रेमी जनताहरू साथै रास्वपाले पार्टी पंक्तिलाई अपिल गरेको छ।