असाेज २३ बुधबार ,२०८१
काठमाडौ । नवरात्रकाे सप्तमि फुलपाती भित्र्याउने गरिन्छ । आज तिथि अनुसार फुलपाती भित्र्याउने साइत परेकाे छ। भन्नलाई भाेली फुलपाती भनिए पनि आज राति देखि भाेलि बिहान ७ बजेर ११ मिनेट सम्म मात्रै फुलपाती भित्र्याउने साइत रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेकाे तिथि अनुसार दशै तीन दिन रहेकाे छ। तर सूर्याेदयलाई आधार मानेर तिथि निकालिने भएकाले वरपर पर्न गएकाे हुनाले यस्तो भएको शास्त्रका विज्ञ डि. पि. आत्रेयले बताउनु भयो ।
तसर्थ अन्य वर्षहरुमा दिनमा फुलपाती भित्र्याउने साइत रहेकाेमा यो वर्ष रातिकाे साइत निस्केकाे छ। नत्र २४ गते बिहान ७ बजेर ११ मिनेट भित्र फुलपाती भित्र्याइ सक्नु पर्ने भएको हो , आत्रेय बताउनु हुन्छ।
नौवटा देविकाे नाममा फुलपाती भित्र्याएर शक्तिकाे उपासना गरिने शास्त्रीय मान्यता रहेको छ। फुलपाती भित्र्याउन दाडिम, धान, हलेदाे ,उखु ,असाेकाकाे फुल , केराकाे पात ,जयन्ती,मानवृक्ष र अन्य फुलहरु सहित बाजा गाजा गर्दै बढाइका साथ गरिन्छ ।
माथिका सामाग्रीकाे फरकफरक अर्थ लाग्ने विद्वानहरु बताउँछन् । दाडिम दन्तकाली वेलपात्र शिवा,धान लक्ष्मी,हलेदाे दुर्गा, केरा ब्रम्हायणी, असाेका शाेकरहित, आदि देवीकाे नामले अाब्हान गरि पुजा आरधना गर्ने चलन रहेको छ।


