असाेज २१ साेमवार ,२०८१
काठमाडौ । वीर अस्पतालमा कार्यरत १० जना श्रमिकलाई कामबाट निष्कासन गरेको भन्दै श्रमिकहरुकाे पक्षमा वकालक गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनले दबाब सिर्जना गरेको छ। संगठनले आज अस्पतालको प्राङ्गणमा पत्रकार सम्मेलन गरि आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
मुख्य राेजगारदाता संस्था वीर अस्पताल प्रशासनले पचास वर्षे उमेर हद कायम गरि सहायक राेजगारदाता संस्था इनफाेटिच मार्फत १० जना श्रमिकलाई निकालेको मजदुर संगठनका नेताहरुकाे आराेप छ।

५८ वर्षसम्म काम गर्ने पाउने अधिकारलाई नियम विपरीत सामन्ती प्रशासकले श्रम गरि खानबाट बञ्चित गरेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका इन्चार्ज वेदप्रसाद हुमागाँई बताउँनु हुन्छ। उहाँका अनुसार , `वीर अस्पतालको डाइरेक्टर आफूले ६३ वर्ष जागिर खान्छन् , तर श्रमिकलाई ५० वर्षे उमेर हद कायम गर्दै निकाल्छन भने यो सरासर अन्याय हो । काम गर्न सक्ने स्वस्थ्य र तन्दुरुस्त कामदारहरुलाई हाजिर नगरी कामबाट निकालेर देखाउन उहाँले चुनौती दिनु भएको छ। ´
नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीका अनुसार, `सहायक राेजगारदाता कम्पनीले प्रसाशनकाे दबाबमा मनाेमानी नीति बनाएर ९ जान श्रमिकलाई निष्कासन गरेको हो । टेण्डरकाे नाममा श्रम कानुन विपरीत हाजिर गर्न बञ्चित श्रमिकलाई कानुन बमोजिम हाजिर गराउन भन्दै उहाँले भन्नुभयो ,श्रम ऐन २०७४ काे दफा १४७ मा ५८ वर्ष काम गर्न पाउने ब्यवस्था छ। उक्त कानुनको पालन नगरि कामदार निकाल्नु नीति विपरीत रहेको कार्कीको ठहर छ। ´

मनाेमानी नीति बनाएर हटाउने कार्य सच्याएर निष्कासन गरिएका १० जना कर्मचारीलाई पुनर्बहाली नगरिए चरणबद्ध आन्दोलनका गरिने बताइएको छ। इनफाेटिच राेजगारदाताले दादागिरी गरि काम गर्न नदिए वीरकाे प्राङ्गणमा नै अनसन सुरु गर्न मजदुरकाे पक्षमा बाेल्ने सराेकारवाला संगठनहरुले निर्देशन दिएका छन् ।
उक्त पत्रकार सम्मेलनमा पीडित कर्मचारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बाेकेका थिए। उनिहरुले श्रम कानुन कार्यान्वयन गर , श्रम माफिया र विचौलिया हाेसियार , काम गरि खान दे ! ट्रेड युनियन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएको थियो ।
कार्यक्रमकाे अन्त्यमा वीर प्रशासन र सहायक राेजगारदाता विरुद्ध आलोचनात्मक नारा लगाउनुका साथै वीर अस्पतालका डाइरेक्टरलाई वार्ता मार्फत समस्या समाधान गर्न अपिल गरिएको थियो ।


