दशैकाे मुखमा वीर अस्पतालबाट निकालिए कर्मचारी

+
-

असाेज २० आइतबार ,२०८१
काठमाडौ । उमेर हदकाे बहानामा वीर अस्पतालमा काम गरिहेका श्रमिक निष्काशित भएका छन् ।  ५० बर्ष उमेर पार गरेकाे भन्दै वीर अस्पतालकाे विभिन्न सेक्टरमा  काम गर्ने  ९ जना श्रमिकहरुलाई राेजगारदाता कम्पनीले निस्कासन गरेकाे छ ।

वीर अस्पतालबाट यसरी निष्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल,संगीता श्रेष्ठ ,जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार,इन्द्र राना,मुना बजगाई,सन्ता नेपाली,चाैबहादुर गुरूङ र हिरा नेपाली छन् ।

अस्पतालको ईण्डाेस्काेपि वार्डमा लामाे समयदेखि काम गर्दै आएकी एक महिलालाई पचास बर्ष उमेर पुगेकाे भन्दै कामबाट निकालिएपछि सहयाेगकाे याचना गर्दै संचारकरमीहरूसँग आईपुगेकी छन् ।

विगत लामाे समयदेखि वीर अस्पतालकाे  सरसफाइ देखि बिरामीको सेवामा कार्यरत उनीहरूलाई राेजगारदाता कम्पनी फेरिएसँगै सेवाबाट हटाईएकाे हाे ।विगत २ देखि  १५ वर्ष सम्म निरन्तर रुपमा ज्यालादारिमा काम गर्दै आएका उनीहरूलाई मुख्य राेजगारदाताकै निर्देशनमा सेवाबाट बञ्चित गरिएकाे मजदुर संगठनका नेताहरूकाे आराेप छ ।

जब चाडपर्व आउँछ मानिसका आबाश्यकताहरु बढेका हुन्छन् ,तर दशैकाे संघार पारेर कामबाट निकालिनु पर्दा कसकाे चित्त दुख्दैन हाेला र ? चाडपर्व नै नभए पनि गरिरहेको काम छुटेपछि पीडा त हुने नै भयो । यस्तै भएको छ  वीर अस्पतालकाे विभिन्न सेक्टरमा काम गर्ने ९ जना श्रमिकहरुलाई ।

उनीहरूलाई नयाँ राेजगारदाता कम्पनि इनफाेटिचले  कामबाट निकालेकाे हो । पचास बर्ष उमेर पुगेका कामदारलाई काममा नराख्न अस्पताल प्रशासनले भनेकाेले उमेर हद देखाएर कामबाट हटाइएको पीडितहरुले बताएका छन् ।

उमेरकै कारणले कामबाट निष्कासन गर्नुकाे कारण बुझ्दा पीडितहरु भन्छन् , `राेजगारदाता कम्पनी र अस्पताल प्रशासन बीच पचास बर्ष भन्दा माथि उमेरका कामदार नराख्ने सम्झौता भएको थियो भन्ने गरेका छन् रे ।´

विभिन्न राेजगारदाता कम्पनी मार्फत १०/ १५ वर्ष देखि काम गरिसकेका अनुभवि कामदारलाई प्रशासनकाे आदेशमा भन्दै दशैंकाे मुखमा कामबाट बिदा गरिँदा आफुहरु माथि अन्याय भएको अर्का पीडितकाे भनाइ रहेको छ। पीडितहरुका अनुसार , ` इनफाेटिच राेजगारदाता कम्पनीले प्रशासनसँग बार्ता गर्ने वातावरण नबनाएकाे र तपाईंहरुकाे ठाउँमा अरु नै मान्छे नियुक्ति गरिसकेकाे छ अब नआउनु भनेर मौखिक जानकारी गराएका थिए। ´

राेजगारदाता कम्पनीले बीचमा हस्तक्षेप गरेकाे पीडितहरुकाे आराेप छ। हामीलाई अस्पताल प्रशासनसँग कुरा गर्न दिएको भए हामीले गरेको याेगदान र पाउने अधिकार माग गर्ने थियौं । यो कस्तो नियम हो हामीले बुझेका छैनौं । सरकारी सेवामा ५८ वर्षसम्म काम गर्न पाइन्छ भने यो त हामी प्राइभेट कम्पनी मार्फत काम गरिरहेका हौं । इनफाेटिच भन्दा पहिलेकाे राेजगारदाता कम्पनीमा यो  नियम थिएन,यसमा किन यस्तो भयो हामी अन्याेलमा छौ । पीडितहरुले दुखेसाे ब्यक्त गरेका छन् ।

यस्तै श्रमिकहरुकाे पक्षमा वकालक गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर कार्की र  र नेपाल स्वतन्त्र  आउटसाेर्स श्रमिक संगठनका अध्यक्ष तारादेवि केसीले चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल र श्रमिक आपूर्ति कर्ता कम्पनि इन्फाेटेचलाइ आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्य राेजगारदाता र सहायक राेजगारदाता संस्थालाई पत्राचार गरेका छन् ।

उनीहरूले टेण्डरकाे नाममा श्रम कानुन विपरीत हाजिर गर्न बञ्चित श्रमिकलाई कानुन बमोजिम हाजिर गराउन भन्दै उसले भनेको छ, `श्रम ऐन २०७४ पालन नगरि कामदार निकाल्नु प्राकृतिक न्यायकाे सिद्धान्त विपरीत हो । टेण्डर अब्हान गरि नियम संगत राेजगार कम्पनिमा काम गरिरहेका श्रमिकलाई मनाेमानी नीति बनाएर हटाउने कार्य सच्याएर निष्कासन गरिएका ९ जनालाई पुनर्बहाली नगरिए आन्दोलनका कार्यक्रम अगाडि बढाउनका साथै कानुनी उपचारमा जान बाध्य हुने उल्लेख गरिएको छ। ´

असाेज १५ गतेबाट आएकाे नयाँ ठेकेदारले पुराना र अनुभवी श्रमिकलाई यसरी चाडपर्वकाे माैका छाेपेर गरिएको व्यवहार निन्दनीय भएकाे श्रम क्षेत्रकाे हक अधिकारमा कृयाशिल  संस्था नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका महासचिव वेदप्रसाद हुमागाई बताउँछन् ।