हाेक्सेमा लायन्स क्लब अफ डिष्टि्क ३२५ आइ द्वारा खाद्यान्न सहयोग

+
-

असाेज १५ मंगलबार , २०८१
काभ्रेपलान्चोक । मानवीयता पहिलो प्राथमिकता जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल उदेश्यका साथ District 325 I द्वारा काभ्रेकाे पाँचखाल नगरपालिका स्थित होक्सेका बाढी पीडितलाई सहयोग उपलब्ध गराइएको छ।

गत असाेज ११र १२ गते भएको अविरल वर्षा पछि आएको बाढी पहिराले काभ्रे लगायत देश भरका विभिन्न स्थानमा मानवीय र भौतिक क्षति भएको थियो । यस्तै प्राकृतिक प्रकाेपकाे समयमा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र केही स्थानमा मानिसहरुलाई खानाको अभाव भएकाेले लायन्स क्लबले सहयोग गरेकाे लायन्स क्लव अफ गोसाईस्थानका अध्यक्ष भेष राज शाहले जानकारी दिनु भयो ।

अध्यक्ष शाहका अनुसार,` काभ्रेमा बाढीबाट धेरै मानिसले ज्यान गुमाउनु परेको छ। भौतिक क्षतिकाे मात्रा पनि अरु जिल्लाको तुलनामा धेरै छ। त्यसैले लायन्स क्लब अफ गाेसाइस्थान क्षतिग्रस्त भुगाेलमा आबश्यकताको आधारमा सबै स्थानमा राहत र उद्दारका निम्ति पुगिने छ।´

क्लबले हाेक्सेका पीडितलाई आपतकालिन खाद्य सामग्री चामल २० बाेरा ,चिउरा ५ बाेरा ,दाल १ बाेरा ,नुन ३० पाकेट ,चाउ चाउ २० कार्टुन ,दालमोट१ बाेरा र तेल राहत स्वरुप वितरण गरेकाे छ। यस्तै कार्य गर्न लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको फुड बैक र काभ्रे क्लवहरुबाट राहत वितरणको पहिलो चरणको कार्य निरन्तर अगाडि बढिरहने छ।

आगामी दिनमा पनौती नगरपालिका, राेशि गाँउपालिका , तेमाल गाँउपालिका र भुम्लुका पीडितहरु समक्ष पुग्ने उदेश्य साथ क्लबले कार्य गरिरहेकाे छ।