ट्रक दुर्घटनामा एकको मृत्यु

+
-

असाेज १० बिहिवार
काभ्रेपलान्चोक । काभ्रेको पाँचखाल नगरपालिका वडा न ६  अरनिको राजमार्ग स्थित ३७ किलाेमा ट्रक दुर्घटना भएको छ।   बा ५ च १२८१ नम्बरको आइचर गाडी सडकबाट  ७० मिटर तल झरेकाे थियो ।

दुर्घटनामा परि गम्भीर घाइते सिन्धुली घर भएका  रमेश ठाडा  मगरकाे मृत्यु भएको प्रहरीले जनाएको छ।