गगनलाई रविकाे प्रश्न अब सहकारी गाेर्खा मिडिया तिर हाेला कि ?

+
-

असाेज ,१ मंगलबार
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारी ठगकाे प्रमाणित हुन नसकेपछि अब मुद्दा गाेर्खा मिडियाकाे नाम तिर जान सक्ने संकेत गर्नु भएको छ। आज प्रज्ञाभवनमा पार्टीको केन्द्रीय परिषद भेलाकाे उदघाटन सत्रमा बाेल्दै सभापति लामिछानेले सहकारी ठग भन्ने बाटो बन्द भएको बताउनु भएको हो ।

उहाँले काङ्ग्रेस नेता गगन थापालाई इङ्कित गर्दै भन्नुभयो , आफ्ना केन्द्रीय नेताहरु बसेर गरेकाे छानबिनमा प्रमाण भनेकाे के हो थाहा भयो हाेला नि ? अब ठग भन्ने ठाउँ रहेन , मुद्दा गाेरखा मिडिया तर्फ जान सक्छ। अरुलाई नाङ्गो पार्ने नाममा आफू न नाङ्गिन भन्दै याे वा त्यो बहानामा रास्वपालाई सिद्याउन सकिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिनु भयो । उहाँले अब रास्वपा चुप लागेर नबस्ने बताउनु भएको छ।

पुराना पार्टीहरु देश बनाउन आएका हुन तर अान्तरिक जालझेल र षड्यन्त्रको जालमा परेर सबै विर्षिएकाे स्मरण गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक किचलाेमा नलागि देश भक्ति भावमा लाग्न कार्यकर्ताहरुलाई सचेत गराउनु भएको छ।

लामिछानेले सत्ता जालझेल र षड्यन्त्रको लागि देशले नेपाली नेताहरु अन्यत्र सप्लाई गर्न सक्ने क्षमता राख्छ। हामिसँग विज्ञ नेतहरु भएको उदाहरण दिदै रास्वपा सत्तामा जान नहुने थाहा हुँदाहुँदै पनि पुराना दलले जनताको हितमा काम नगरेकाेले जनताको अबस्थामा परिवर्तन गर्न आफुहरु सत्तामा गएको स्विकार गर्नु भएको छ।