घण्टी बजाएर सुरु भयो रास्वपाकाे केन्द्रीय परिषद भेला

+
-

असाेज १ मंगलबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी बजाएर केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु गर्नु भएको छ। परिषदकाे भेला काठमाडौँको प्रज्ञाभवन कमलादीमा सुरु भएको छ।

दुई दिन सम्म चल्ने भेलामा सभापतिसँगै हलमा उपस्थित सबै घण्टा बजाएका थिए। घण्टीकाे बजेकाे रौनकले माहाेल तातेकाे थियो । उक्त भेलामा देशभरबाट एक हजार पाँचसय प्रतिनिधि सहभागी छन् ।

आज र भाेलि चल्ने भेलामा विभिन्न विषयमा छलफल हुने बताइएको छ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिने रासवपाले जनाएको छ।

प्रज्ञा भवन हिजाे साेमवार देखि नै बाेर्ड ,व्यानर र पर्चाले सिंगारिएकाे थियो ।