काभ्रेको पनौती नगरपालिका बालश्रममुक्त घाेषणा

+
-

भाद्र २९ शनिबार
काभ्रेपलान्चोक । जिल्लाकाे पनौती नगरपालिका बालश्रममुक्त नगर घोषित भएको छ । आज बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रम बीच नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्नु भएको हो ।

नगरपालिकाले विकास अभियान अन्तर्गत राष्ट्रिय ,अन्तर्राष्ट्रिय संघ संस्थाहरु मार्फत बालश्रममुक्त नगर बनाउने उदेश्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन ILO सँग सहकार्य गरि कार्यक्रम संचालन गरेको थियो । नगरका १२ वटै वडाहरु बालश्रममुक्त घाेषणा भइसकेका छन् ।

आज शनिबार एक कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङले नगर प्रमुख राम शरण भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै आधिकारिकता प्रदान गर्नु भएको छ ।
उक्त कार्यक्रममा मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, तिर्थ लामा, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जारा, सबै वडा अध्यक्षसहित जनप्रतिनिधी र सरोकारवाला पक्षले दिगोपनाको लागि प्रतिवद्धता जनाएका थिए।

बालश्रमकाे जाेखिममा रहेका बालबालिकालाई उचित ब्यवस्थापनकाे तयारी गरेकाे नगर प्रमुख राम शरण भण्डारीले जानकारी दिनु भएको छ। यस्ता कार्यलाई निरन्तरता दिन नगरले सधैं भूमिका खेल्ने उहाँले प्रतिबद्दता जनाउनु भयो ।