भाद्र २९ शनिवार
काभ्रेपलान्चोक । प्रगतिशील लेखक संङ्घ ,नेपाल काभ्रेले रचना वाचन गरेको छ। नियमित रचना बाचन श्रृङखला अन्तर्गत शनिबार काभ्रेको बनेपामा रचना वाचन गरिएको हो ।कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष साहित्यकार हरिमञ्जुश्री प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा कविहरुले आ- आफ्ना रचना बाचन गर्नु भएको थियो । नव कवि निर्मला लामाकाे`कलियुग र नारी ´शिर्षककाे कविताबाट सुरु भएको कार्यक्रममा कवि शारदा घिमिरे भैलले `परिवर्तन´,सुबत्रा अधिकारीले`छाेरी कमजाेर बन्नु हुन्न´र सन्तानकाे बुझाई´ शिर्षककाे कविता सुनाउनु भएको थियो भने, गीति भास्कर मच्छेश्वर सापकोटाले चेतना मुलक गित गाउनु भएको थियो ।
यस्तै कवि शिव बन्जराले `हाम्रो घर,´ र दिनेश राज खरेलले `विडम्बना´शिर्षककाे यथार्थपरक कविता बाचन गर्नु भएको थियो । सुशिला बिष्टकाे `तिमी कडा भयौ भने´ छन्द कविताले कार्यक्रममा रौनकता छाएको थियो ।
कार्यक्रममा लक्ष्मि सुबेदीले `पीडा नारीकाे´, नवराज दाहालले `सिंहदरबार´ नामकाे व्यङ्ग कविता सुनाउनु भयो र शारदा नेपालले गजल प्रस्तुत गर्नु भएको थियो । कवि श्रीकृष्ण पाण्डेले`फाइल´ शिर्षककाे पद्य कविता र लेखकएवम प्रलेस राष्ट्रिय परिषद धु्र्व रायमाझीले मुक्तक सुनाउनु भएकाे थियो । कवि भवानी पाण्डेले आज बाल दिवसकाे अबसरमा `झरि´ शिर्षककाे बाल कविता सुनाउनु भएको थियो । अर्का पुराना तथा क्रान्तिकारी लेखक शारदा शर्माले साेर्हश्राद्दकाे सन्दर्भ पारेर `पित्रृ सम्मान´नामकाे लयबद्द कविता सुनाउनु भयो ।


