भदौ १७ ,साेमबार
काठमाडौ । आज कुशे अौसी तथा भाद्र कृष्ण अौसी हो। आजको दिनलाई बुबाकाे मुख हेर्ने दिन पनि भनिन्छ । हिन्दु परम्परा अनुसार विष्णुकाे अर्को पवित्र स्वरुप कुश घर घरमा राख्ने चलन छ। कुश हिन्दु धर्मावलम्बीले हरेक पूजाआज र वैदिक कर्महरुमा प्रयाेग गर्ने गर्छन् ।
आज बाम्हणहरुले पवित्र कुश घर घरमा पुर्याउने छन् । र ,उक्त कुश विभिन्न कार्यमा एक वर्षसम्म प्रयाेग गरिन्छ। कुशलाई पवित्रताकाे प्रतिक मानिन्छ । हिन्दु मान्यता अनुसार कुशबाट बुनेकाे कुशआसनमा बसेर धार्मिक कार्यमा सहभागीता जनाउने गरिन्छ ।
यस दिनलाई बुबाकाे मुख हेर्ने पनि भनिन्छ । जन्मदिने आफ्ना बुबालाई श्रद्धा र प्रेम पुर्वक मेवा, मिष्ठान्न सहित सम्मान गरिन्छ। टाढा टाढा रहेका छाेरा छाेरीले बुबालाई सम्झन्छन भने नजिक हुनेहरुले भेटघाट गर्ने गर्छन। यस्तै बुबा नहुनेहरुले काठमाडौ स्थित गाेकर्णेश्वर तथा मन्दिरहरुमा गई तर्पण दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। बुबा नहुनेहरुले आज तिर्थमा गई तर्पण गर्ने गर्छन् ।
आज साेमवारे अौसी तिथि परेको छ। विशेषगरी साेमबार अौसी तिथि पर्नुलाई महत्त्वपूर्ण मानिन्छ।


