प्राधिकरणका संचालक नहटाउन सर्बोच्चकाे आदेश

+
-

२४, साउन २०८१
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई नहटाउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले उनिहरुलाई पुर्नबहाली गर्ने आदेश गरेको हो ।

प्रधानमन्त्री  केपी शर्मा  ओलीकाे सरकारले मनोमानी निर्णय गर्दै पुन र आचार्यलाई हटाई देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्त गरिएको थियो । सर्वोच्चको आदेशसँगै  देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङको नियुक्ति स्थगित भएको छ।

एक्काईस अर्ब बिजुलिकाे बक्यौता रकम तिर्न बाँकी रहेका केही व्यापारीको प्रभावमा प्रधानमन्त्री ओलीले विद्दुत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ माथि राजनीति गरिरहेका छन् । ओली यस अधि प्रधानमन्त्री हुँदा पनि घिसिङलाई हटाएका थिए।