चैत ,१७ शनिवार
काभ्रेपलान्चोक । काभ्रेली साहित्यकार सुशिला बिष्टको गजल संग्रह सार्वजनिक हुने भएको छ। बिष्टद्वारा लिखित” प्रसिद्धि”नामक गजल संग्रह आगामी चैत २४ गते सार्वजनिक हुन लागेकाे हो ।
शव्दयात्रा प्रकाशनले एक कार्यक्रम आयाेजना गरि सार्वजनिक गर्न लागेकाे संग्रहमा ९६ वटा गजलहरु संग्रहित छन् । लेखकले गजलमा समाज र मानव जीवनका उतार चढाव,प्रेम ,संघर्ष आदिका भावहरूलाई सुन्द ढंगले प्रस्तुत गर्नु भएको छ।
उहाँले लेख्नु भएको गजलकाे एक अंश यसरी समेटिएको छ।
उठाएँ यी कुरा केही सहरका बाबु नानीको।
नयाँ नौलो कुनै छैनन् उही तिर्खा र पानीको ।।
सबैलाई असर गर्ला भनेकी हूँ यसै कारण ।
धुलो आयो धुवाँ आयो बलेको त्यो जवानीको।।
सजग बन्नु नजर गाडलान् सडकका लामखुट्टेले।
उँधो बित्ता उँभो बित्ता लुगा यस्तो छ सानीको।।
एकैछिन् मोजमस्तीले अँध्यारो पार्दछन् जीवन।
कसैले बुझ्न मान्दैनन् किमत यो जिन्दगानीको।।
कहाँ भागे सबै नौनी बिलाएछन् कि ठेकीमा।
बताऊ दोष गाईको दहीको या मदानीको।।


