बाढीपछिको राहत, उद्धार र पुनर्निर्माणमा सर्वदलीय समन्वय बनाउने सहमति

काठमाडौँ, ३१ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुँदै । तस्बिरः गोपाल दाहाल/रासस
+
-

काठमाडौं । बुधबार बसेको सर्वदलीय बैठकले बाढी तथा विपद्पछिको राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काममा समन्वय गर्न सर्वदलीय संयन्त्र बनाउने सहमति गरेको छ।

बैठकमा बाढीबाट प्रभावित क्षेत्रको तत्कालीन राहत तथा उद्धारसँगै आगामी दिनमा गरिने पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच समन्वय आवश्यक रहेको विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार रसुवामा विनाशकारी बाढी आएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय समन्वय निर्माण गर्न प्रस्ताव गरेका थिए।

सोही प्रस्तावअनुसार आगामी दिनमा राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका काम सर्वदलीय समन्वयमार्फत अघि बढाउने विषयमा बुधबारको बैठकमा छलफल भएको हो।

बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले विपद्पछिको अवस्थामा राज्यका निकायसँग आवश्यक समन्वय गर्दै प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाको काममा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले यससम्बन्धी १० बुँदे संकल्प प्रस्तावसमेत जारी गर्दै त्यसमा सहमति जनाएको बताइएको छ।