समाचार
जवराकाे महाअभियाेग फुकुवा हुनुकाे कारण संघीय संसदका महासचिवसंग मागे सर्वाेच्चका न्यायाधीशले

मंसिर,२१
काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीशहरुले निलम्बित प्रधानन्यायधिश चाेलेन्द शमशेर जवराकाे निलम्बन फुकुवा भएको विषयमा संघीय संसदका महासचिवलाई प्रश्न गरेका छन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले जवराकाे निलम्बन फुकुवा भएको पत्र दिएपछि सर्वोच्च अदालतका न्यायाधीशकाे वैठक बसेकाे थियो । बैठकले महासचिव गौतमसंग केही प्रश्नहरुकाे प्रष्ट जवाफ मागेको छ।
पहिलो प्रश्नमा साेधिएकाे छ – २०७८ फाल्गुन १ गते दर्ता भएको महाअभियाेग प्रथिवेदन माथि कार्वाहीकाे प्रकृया कायम छ वा छैन ? अब आउने नयाँ प्रतिनिधि सभामा साे प्रस्तावकाे अबस्था के रहन्छ ? महाअभियाेग प्रस्ताव निस्प्भावि हुनुकाे कारण के हाे ? र , कुन संवैधानिक र कानुनी आधारमा महासचिवले महाअभियाेग फुकुवा भएको पत्र दिनु भएको हो ? भनी यि चार प्रश्नकाे उत्तर मागिएकाे छ ।
