समाचार
थारु कला केन्द्रको प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: देव कृष्ण बिश्वास
मोरंग / थारु कला केन्द्रको प्रथम बार्षिक साधारण सभा शनिवार दुहबीको साह सेवा समिति भवनमा सम्पन्न भएको छ । कार्यक्रमकाे अध्यक्षता थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले गर्नुभएकाे थियाे । कार्यक्रमा बिश्वासले संगठनलाई अनुशासित र मर्यादित बनाउने र केन्द्रको उद्धेश्य अनुरुप थारु समुदायमा विभिन्न सामाजिक र सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो ।
बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनको कार्ययोजनालाई सफल बनाउन सबैको साथ चाहिने उहाँले बताउनु भयो । आगामी दिनहरूमा हुने कार्यक्रममा पहिलो कार्यक्रम मिस्टर एण्ड मिस थारु आइकन २०१९-सिजन २ गर्ने लक्ष्य लिएको थियाे । त्यस्तै रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर, थारु वक्तित्व कला, कविता बाचन प्रतियोगिता जस्ता कार्यक्रमरूलाइ आर्थिक बर्षमा २०७६/०७७ भरी निरन्तरता दिने लक्ष्य लिएको थियाे ।

थारु कला केन्द्रको अभिभावकत्व निर्वाह गर्नु हुने कला केन्द्रका प्रमुख सल्लाहकार सुची चौधरी र कानुनी सल्लाहकार अधिवक्ता मधुसुदन चौधरीलाई सम्मान समेत गरिएको थियो ।
साधारणसभाबाट कला केन्द्रले १५ सदस्यीय मुल कार्यसमिति समेत चयन गरेकाे थियाे । आगामी ४ वर्षका लागि अध्यक्षमा पुन: देव कृष्ण बिश्वासलाई सर्वसम्मत चयन गरिएको थियाे भने उपाध्यक्षमा बिएन चौधरी, सचिबमा एलएन गच्छदार, सह-सचिवमा सुर्यनारायण चौधरी, कोषाध्यक्षमा सुनीरा चौधरी, र सदस्यहरु पार्वती गच्छदार, प्रयाग हजारी, पंकज चौधरी, कल्पना हजारी, सिवानी चौधरी, तेजेन्द्र बिश्वास, प्रसान्त चौधरी, देवदत चौधरी, बिपत बिश्वास, कृष्ण चौधरीलाई सम्मानित हलले सर्वसहमत पारित गरिएको छ भने बरिष्ठ सल्लाहकारमा प्रवलदिप बिश्वासलाई चयन गरिएको थियाे ।
कला केन्द्रले यस वर्ष नयाँ सदस्यता लिन चाहने हरूकाे लागि अवसर समेत प्रदान गरिएको छ । जेष्ठ मसान्त सम्ममा ३२ जना थप सदस्य बिस्तार गरिने अध्यक्ष विश्वासले बताउनु भयाे ।
नयाँ कार्यसमितिलाई केन्द्रका प्रमुख सल्लाहकार तथा महिला अभियन्ता सुची चौधरीले अबिर टिका लगाएर बधाई तथा सफलता शुभकामना दिनुभयो । हरेक कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा साथ दिदै प्रमुख अभिभावकको रुपमा भूमिका निर्वाह गर्ने र पाइलै पिच्छै मार्गदर्शन प्रदान गर्ने विश्वास लाइ पुन: अध्यक्षाकाे रूपमा पाउदा केन्द्रले एउटा असल अभिभावक समेत पाएको उहाले बताउनु भयाे ।
त्यसैगरि स्थापना कालदेखि अहोरात्र सुमार्ग तर्फ अगाडी बढाउदै आउनु भएका सम्मानित व्यक्ति कानुनि सल्लाहकार तथा अधिवक्ता मधुसुदन चौधरीले नयाँ कार्यसमिति लाइ शुभकामना दिदै यस संगठन प्रति आघात माया रहेको बताउनु भयो । आफुले पनि यस केन्द्रले गरेको कामको उच्च मुल्यांकन गरेकाे बताउदै आगामी दिनमा कार्यालय व्यवस्थापन र आयोजना गरिने कार्यक्रमहरूमा नैतिक, आर्थिक र भौतिकरुपमा समेत आफ्नाे योगदान रहने
उहाँले बताउनु भयो ।


